Sep 17 2024 | २०८१, असोज १ गते

घुस लिएको भिडयो भाइरल भएपछि दुइ प्रहरी निलम्बनमा

घुस लिएको भिडयो भाइरल भएपछि दुइ प्रहरी निलम्बनमा

एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २१ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २१ २०८०
  • घुस लिएको भिडयो भाइरल भएपछि दुइ प्रहरी निलम्बनमा


    रौतहट । राजमार्गमा चेक जाँचको नाममा जिप चालकसित घूसको रकम लिएको आरोपमा दुई प्रहरी निलम्बनमा परेका छन् ।

    images
    images

    महेन्द्र राजमार्गमा डयुटीमा रहेको बेला प्रहरी र ट्राफिक जवानले चालकसित अवैध रकम लिएको पुष्टी भएपछि दुइ प्रहरी जवानलाइ तत्कालै निलम्बन गरिएको हो । 

    उनीहरूले घुस लिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भए पछि प्रहरी प्रधान कार्यालयको निर्देशनमा रौतहट र सर्लाहीका दुई प्रहरीलाई शुक्रबार साँझ निलम्बन गरिएको जनाइएको छ ।

    यसरी प्रहरी प्रधान कार्यालयवाट निलम्बन परेको सुचना पाउनेमा रौतहटको इलाका प्रहरी कार्यालय गरुडा अन्तर्गतको प्रहरी चौकी हर्षाहामा कार्यरत प्रहरी जवान सुनिलकुमार यादव र मधेश प्रदेश राजमार्ग ट्राफिक कार्यालय पथलैया बारा अन्तर्गतको सर्लाहीस्थित वाग्मती पोष्टमा कार्यरत ट्राफिक प्रहरी जवान विकाश कलवार रहेका छन ।

    उनीहरूलाइ निलम्बन गरेर थप छानबिन गरिराखिएको जनाइएको छ। 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार