Sep 19 2024 | २०८१, असोज ३ गते

पाटन दरबार क्षेत्रमा अव 'लब' गर्न निषेध

पाटन दरबार क्षेत्रमा अव 'लब' गर्न निषेध

एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २१ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २१ २०८०
  • पाटन दरबार क्षेत्रमा अव 'लब' गर्न निषेध

    विश्व सम्पदा स्थलमा अश्लील गतिविधि गर्ने क्रम बढेपछि ललितपुर महानगर पालिकाले पाटन दरवार क्षेत्रमा जाेडीहरु बस्न निषेध गरेकाे छ ।    
     विश्व सम्पदामा परेको पाटन दरवास्क्वायरमा खुट्टाले हानेर  धेरै भगवानको अनुहार नै  नचिने भै सकेकाले र मन्दिरमै सबैले देख्ने गरि अनैतिक क्रियाकलाप गर्ने ठाउँ नै बनाइ सकेको हुनाले  भगवानको सुरक्षा र यस्तो बिकृतिलाइ हटाउन ललितपुर महानगरपालिकाले मन्दिरको माथिल्लो तल्लामा  बस्न  नपाउने गरी निषेध गरेकाे महानगर प्रहरी प्रमुख सीताराम हाँछेथुले बताए । 
    शनिबारदेखि पाटनका दुई वटा मन्दिरमा बस्न निषेध गरिएको  जानकारी उनले दिए। 

    images
    images

    मन्दिरमा अनैतिक क्रियाकलाप गरेको भन्ने स्थानीयको गुनासोपछि महानगर प्रमुख चिरीबाबु महर्जनको निर्देशनमा मन्दिरमा बस्न रोक लगाइएको हाछेथुले बताए।

    ‘मन्दिरमा अनैतिक क्रियाकलाप गरेको भन्ने स्थानीयको गुनासो, भिडिओहरू आएपछि मेयरको आदेशमा हामीले नो इन्ट्री भन्ने ट्याग राखेका छौं,’ उनले भने, ‘मन्दिरहरूमा बस्ने मात्रै नभएर खेल्ने समेत गरेको हुँदा मूर्तिहरूको बनोट समेत बिग्रिन थालेको गुनासो छ।’

    अहिलेलाई दुई वटा मन्दिरमा मात्रै ‘नो इन्ट्री’ को ट्याग हालिएको छ। 

    विश्वनाथ मन्दिर र हरिशंखर मन्दिरमा बस्न निषेध गरिएको हो। त्यस्तै पछि त्यहाँ रहेको कृष्ण मन्दिर लगायत अन्य मन्दिरहरूमा पनि क्रमश: निषेध गरिने उनले बताए। 

    अहिले मन्दिर परिसरमा अनैतिक गतिविधि हुन थालेको भन्दै महानगर प्रहरी पनि खटिएका छन्। 

    बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्मको लागि मन्दिरहरूमा महानगर प्रहरी खटाइएकाे । त्यसबाहेक बेलुकी ११ बजेसम्म मोबाइल प्रहरी खटाइने हाछेथुले बताए। 

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार