Sep 19 2024 | २०८१, असोज ३ गते

झलनाथको आरोप : पार्टी दक्षिणपन्थी र माओवादीको पिछलग्गु भयो !

झलनाथको आरोप : पार्टी दक्षिणपन्थी र माओवादीको पिछलग्गु भयो !

एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २१ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २१ २०८०
  • झलनाथको आरोप : पार्टी दक्षिणपन्थी र माओवादीको पिछलग्गु भयो !

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले सही कार्यदिशाको अभावमा पार्टीको साख गिरेको र जनमत खुम्चिँदै गएको टिप्पणी गरेका छन् ।

    images
    images

    जारी स्थायी कमिटी बैठकमा खनालले पेस गरेको १६ पृष्ठ लामो दस्तावेजमा उनले एमालेबाट विद्रोह गर्दा पार्टीमा जुन शक्ति थियो त्यो आज नभएको भन्दै संगठन सुदृढीकरणमा जोड दिएका हुन् ।

    नेता खनालले अहिले पार्टी माथि रावणको टाउको जस्तो र तल सुक्दै झिनु भएर उभिन पनि गाह्रो पर्ने अवस्थामा भएको उल्लेख गरेका छन् ।

    उनले भनेका छन्, ‘हाम्रो पार्टी यतिबेला माथि रावणको टाउको जस्तो र तल सुक्दै झिनु भएर उभिन पनि गाह्रो पर्ने अवस्थामा भएको महसुस हुन्छ । त्रिपाई जस्तो माथि फुकेको तल सुकेको पार्टी संगठन छ । हुनुपर्ने ठिक उल्टो हो ।’

    उनले अहिले एकीकृत समाजवादी दक्षिणपन्थी र माओवादीको पिछलग्गु जस्तो भएर अघि बढेको टिप्पणी गरेका छन् । आफूले आमचुनाव अगाडि नै गठबन्धनमा बाँधिएर होइन नयाँ स्वतन्त्र र क्रान्तिकारी ढंगले अघि जानु पर्नेमा जोड दिएको तर त्यसलाई नसुनिएको गुनासो गरेका छन् । बरु पार्टीपंती दक्षिणपन्थी र माओवादीको पिछलग्गु भएको उनले आरोप लगाएका छन् ।

    ‘अब सबै वामपन्थीहरु (एमालेलगायत) लाई नयाँ धरातलबाट मुक्त मनले विश्लेषण गरेर जाऔँ, प्रतिगमन विरोधी आन्दोलन सकियो, अन्तरविरोध बदलीसक्यो । त्यसैले अब गठबन्धनमा बाधिएर होइन, नयाँ स्वतन्त्र र क्रान्तिकारी ढंगले जानुपर्छ भन्ने कुरा चुनाव पूर्व कै बैठकमा मैले राखे । तर त्यसलाई सुनिएन,’ उनले भनेका छन्, ‘आखिर हाम्रो पार्टी दक्षिणपन्थी र माओवादीको पिछलग्गु जस्तो भएर अघि बढ्यो ।’

    नेता खनालले पार्टीलाई माओवादी र नेपाली कांग्रेसले देशभर धोखा दिएको पनि आरोप लगाएका छन् । एकीकृत समाजवादीलाई उनीहरुले मतदाता मात्र बनाएको उल्लेख गर्दैै खनालले त्यसबाट पार्टीको बन्दै गरेको क्रान्तिकारी छवी र साख नराम्ररी गिरेको जनाएका छन् । जसले गर्दा कार्यकताहरु निराश बनेको र एमालेतिर जाने भन्ने चिन्तनको विकासले पलायन बढ्दै गएको खनालको टिप्पणी छ ।

    ‘माओवादी र नेपाली कांग्रेस दुवैले पार्टीलाई देशभर धोखा दिए । पार्टीलाई मतदाता मात्र बनाए । त्यसैले हाम्रो पार्टीको बन्दै गरेको क्रान्तिकारी छवी र साख नराम्ररी गिराई दियो,’ उनले भनेका छन्, ‘कार्यकर्ताहरु देशव्यापी रुपमा निराश भए । त्यसपछि ‘बरु एमाले तिरै जाने’ भन्ने चिन्तनको विकास हुन थाल्यो र पलायन बढ्दै गयो ।’

    पार्टीले चुनावमा स्वतन्त्र पहल लिएर दशैभर उम्मेदवार उठाउन नसक्दा जनमत विस्तार गर्ने सकिने अवस्था हुँदाहुँदै गलत कार्यदिशाले त्यो अवसर गुमाएको खनालले उल्लेख गरेका छन् ।

    ‘स्वतन्त्र पहल लिएर देशैभर आफ्ना उम्मेदवार उठाउने र जोसँग सम्भव हुन्छ, स्थानीय स्तरमै कार्यगत एकता गर्ने नीति लिएको भए पार्टीको प्रचार देशभरी जाने खनालको निष्कर्ष छ । यसरी गएको भए चुनावमा १२-१५ लाखको जनमत विस्तार गर्न सकिने अवस्था हुँदाहुँदै गलत कार्यदिशाले त्यो अवसर पार्टीले गुमाएको उनको तर्क छ ।’ दस्तावेजमा उनले भनेका छन् ।

    नेता खनालले अब पार्टीले राष्ट्रिय महाधिवेशनलाई केन्द्रीय कार्यभारका रुपमा लिनु पर्नेमा जोड दिएका छन् ।

    अब पार्टीले राष्ट्रिय महाधिवेशनलाई केन्द्रीय कार्यभारका रुपमा लिनुपर्छ र त्यसको तयारी र सफल आयोजनाका निम्ति सम्पूणर् प्रयत्नलाई केन्द्रित गर्नुपर्छ ।

    यस्तै, खनालले एमसीसी सम्झौतामा पार्टीले गलत निणर्य लिएको आरोप लगाएका छन् । उनले एमसीसी सम्झौता मानेर पार्टीले नेपाल र नेपालीको स्वाभिमानमा सदाका निम्ति कलंक लगाउने काम गरेको जनाएका छन् । यस्तो संवेदनशील विषयका बारेमा पार्टीले राम्ररी समीक्षा गर्नु पर्ने उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार