Sep 19 2024 | २०८१, असोज ३ गते

सुपर हेवा हाइड्रोका १४ जना मजदुरकाे सास र लासको टुंगो अझै लागेन

सुपर हेवा हाइड्रोका १४ जना मजदुरकाे सास र लासको टुंगो अझै लागेन

एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २१ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २१ २०८०
  • सुपर हेवा हाइड्रोका १४ जना मजदुरकाे सास र लासको टुंगो अझै लागेन

    सङ्खुवासभा सुपर हेवा हाइड्रोका १४ जना मजदुरकाे सास र लासको टुंगो अझ लगाउन सकेकाे छैन । 

    images
    images

    गत असार २ गतेको विध्वंसक बाढीले बेपत्ता बनाएका उनीहरूको लास फेल नपर्दा उनीहरुकाे परिवार विचल्लीमा परेका छन् । मृतकको टुंगो नलाग्दासम्म परिवारले राहत नपाउने भएकाले पनि परिवार विचल्लीमा परेका हुन्। परिवार अहिले प्रियजन वियोगमा आँसुको आहालमा छन्। 

    सङ्खुवासभामा बाढीमा बेपत्ता भएकाे एक महिनापछि  सुपर हेवा हाइड्रोपावरका एक मजदुरको शव फेला परेको छ। गत असार ३१  चैनपुर नगरपालिका-४ मा एक पुरुषको शव फेला परेको तर शवको पहिचान भने खुल्न सकेकाे थिएन । 

    यही २ असारकाे राति वर्षासँगै आएको बाढीले बगाउँदा जिल्लाका विभिन्न स्थानका २२ जना बेपत्ता भएका थिए। बेपत्ता भएका २२ मध्ये चैनपुर नगरपालिका-४ मा निर्माणाधीन सुपर हेवा हाइड्रोपावरका १७ जना मजदुर परेका थिए।

    बेपत्ताको खोजीका लागि प्रहरीले विभिन्न संयन्त्र अपनाएको दावी गर्दै आएकाे छ । पहिरोमा पुरिएका वा बगाएको स्थानमा मेसिन तथा औजारको सहयोगमा खन्ने, खोज्ने र तालिम प्राप्त कुकुर कुकुर लगाएर खोजी गर्दासमेत शव फेला नपरेकाे भनाइ प्रहरीकाे छ । 
    बेपत्तामध्ये दुई जना भने गम्भीर घाइते अवस्थामा असार २ गते फेला परेका थिए । सुपर हेवाखोला हाईड्रोपावरमा काम गर्ने बर्दिया नगरपालिका–७ का २४ वर्षीय टीकाराम चौधरी र ३५ वर्षीय दीपकराज थारु गम्भीर घाइते अवस्थामा फेला परेका थिए ।

    बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुलमा क्षति पुर्‍याएको थियाे । 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार