Sep 19 2024 | २०८१, असोज ३ गते

प्रमुख शाहलाई विद्यावारिधिका लागि फेलोसिप

प्रमुख शाहलाई विद्यावारिधिका लागि फेलोसिप

एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २१ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २१ २०८०
  • प्रमुख शाहलाई विद्यावारिधिका लागि फेलोसिप

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले विद्यावारिधि गर्ने भएका छन् । यसका लागि काठमाडौँ विश्वविद्यालयले उनलाई फेलोसिप दिइएको छ । उनको अध्ययन विश्वविद्यालयको सिभिल इञ्जिनियरिङ् विभागमा हुने बताइएकाे छ । 

    images
    images

    बालेनले ‘पर्यटन र अर्थतन्त्रको प्रवर्द्धनमा नेवा सम्पदा संरक्षण’ विषयलाई शोधको विषयका रुपमा छानेका छन्।

    बालेनले काठमाडौं विश्वविद्यालयको सिभिल इन्जिनियरिङ विभागबाट पीएचडी गर्न आवेदन दिएका थिए । विश्वविद्यालयले केयू रिचर्स फेलोसिपका लागि बालेनलाई छनोट गरेको हो ।

    मेयर बालेनले फेलोसिपका लागि छनोट भएको भनी काठमाडौं विश्वविद्यालयले पठाएको पत्र सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै धन्यवाद दिएका छन् ।

    बालेनले काठमाडौं विश्वविद्यालयका एसोसिएट प्रोफेसर डा. श्यामसुन्दर खड्काको मातहतमा रहेर पीएचडी गर्ने काठमाडौं विश्वविद्यालयले जनाएको छ ।

    हेर्नुहोस् बालेनले फेसबुकमा राखेको काठमाडौं विश्वविद्यालयको पत्र

    Balen-shah.jpg
    undefined

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार