Sep 19 2024 | २०८१, असोज ३ गते

नेपाल–भारत जमुनाहा नाका  ः गाडीको तीव्रगतिले ज्यान गुमाउँदै नेपाली

नेपाल–भारत जमुनाहा नाका  ः गाडीको तीव्रगतिले ज्यान गुमाउँदै नेपाली

एभरेष्ट हेडलाइन्स
सोमबार, साउन २२ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, साउन २२ २०८०
  • नेपाल–भारत जमुनाहा नाका  ः गाडीको तीव्रगतिले ज्यान गुमाउँदै नेपाली

    काठमाडौँ । सीमानाका बन्द हुनुअगावै नेपाल प्रवेश गर्न तीव्र गतिमा गाडी चलाउँदा सीमावर्ती भारतीय क्षेत्रमा दुर्घटना हुने गरेको पाइएको छ ।  नेपालगञ्जस्थित नेपाल–भारत जमुनाहा नाका राति १० बजे बन्द हुने गरेको छ । सीमानाका बन्द भएपछि भारतीय बजार रुपैडिहामै अलपत्र परिने भएकाले १० बज्नुअगावै सीमानाका पुग्न तीव्र गतिमा गाडी चलाउँदा सीमावर्ती भारतीय क्षेत्रमा हुने दुर्घटनामा परेर नेपालीले ज्यान गुमाउने गरेका छन् । 

    images
    images

    शनिबार भारतको बलरामपुरबाट नेपालगञ्ज आउँदै गरेको युपी ४७ डब्लु १२१७ नम्बरको गाडी पनि १० बजेअगावै सीमानाकामा पुग्न तीव्र गतिमा रहेकाले दुर्घटना हुँदा छ नेपालीको ज्यान गएको जनाइएको छ । 

    शव लिन घटनास्थल भारतको श्रावस्ती पुगेर फर्केका नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष एवं स्थानीय अगुवा नन्दलाल वैश्यले राति १० बजेनै जमुनाहा नाकामा पुग्न तीव्र गतिमा गाडी चलाउँदा सडकमा गाईसँग ठोक्किएर दुर्घटना भएको पाइएको बताए । 

    उनका अनुसार सीमा बन्द भएपछि रुपैडियामा बस्नुपर्छ भनेर गाडी तीव्र गतिमा आउँदै थियो । १० बजे सीमानाका बन्द हुनुअघिनै जमुनाहा पुग्छौँ भनेर परिवारलाई खबर गरेका थिएँ तर, सडकमा गाईसँग ठक्कर खाएपछि दुर्घटना हुँदा नेपालगञ्जका दुई परिवारका छ जनाको दुःखद् निधन हुन पुग्यो । 

    भारतका विभिन्न सहरबाट नेपालगञ्ज आउने राति १० बजेअघि नै जमुनाहा पुग्ने दबाबमा तीव्र गतिमा गाडी चलाउने गरेको वैश्यले बताए । भारतका विभिन्न सहरबाट रुपैडिया आउने गाडीले राति ल्याएर छोड्दै धेरै जना नेपाली सीमामा लुटिने गरेका छन् ।

    श्रावस्ती जिल्लाको इकौना नजिक सडकमा शनिबार राति गाईसँग ठोक्किँएर भएको गाडी दुर्घटनामा परी नेपालगञ्ज–११ सदरलाइन निवासी ३५ वर्षीय वैभव गुप्ता, उनकी पत्नी ३२ वर्षीया दिपीका गुप्ता, तीन वर्षीय छोरा डल्लु गुप्ता र छ महिनाकी छोरी श्रीया गुप्ता तथा त्रिभुवन चोकस्थित एसकुमार वाच कम्पनीका सञ्चालक सन्तोष गुप्ताका २२ वर्षीय छोरा निलान्स गुप्ता र २० वर्षीया छोरी सुनिती गुप्ताको निधन भएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार