Sep 19 2024 | २०८१, असोज ३ गते

संसदमा प्रभावकारी भूमिका निभाउन सांसदहरूलाई प्रचण्डको निर्देशन 

संसदमा प्रभावकारी भूमिका निभाउन सांसदहरूलाई प्रचण्डको निर्देशन 

एभरेष्ट हेडलाइन्स
सोमबार, साउन २२ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, साउन २२ २०८०
  • संसदमा प्रभावकारी भूमिका निभाउन सांसदहरूलाई प्रचण्डको निर्देशन 


    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा पार्टीका सांसदहरुलाई प्रभावकारी भूमिका निभाउन निर्देशन दिएका छन् । सोमबार बसेको माओवादी संसदीय दलको बैठकमा प्रचण्डले यस्तो निर्देशन दिएको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।  

    images
    images

    ‘दलका नेता समेत रहनुभएका प्रधानमन्त्रीले संघीय संसदमा सांसदहरुको भूमिका थप प्रभावकारी बनाउन निर्देशन दिए । साथै संसदीय समितिका सभापति चयनका बारेमा समेत बिफिङ गर्नुभयो’,बैठकपछि पाण्डेले प्रचण्डको भनाइ उदृत गर्दै भने, ‘संसद खुलाउन प्रमुख प्रतिपक्ष दलका नेतासहित अन्य दलका नेतासँग छलफल गरेर ठोस निष्कर्ष निकालिन्छ र संसद अवरोध हट्छ भन्ने हामीलाई विश्वास छ  । ’

    बैठकमा उपाध्यक्ष समेत रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले केन्द्रीय कमिटी बैठकको मुल भाव तथा संघीय संसदमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुले खेल्नुपर्ने भूमिकाबारे जानकारी गराएको पाण्डेको भनाइ छ ।  त्यसक्रममा श्रेष्ठले सरकारले तीनवटा विधेयक (संघीय शिक्षा ऐन, निजामति कर्मचारी र  प्रहरी सम्बन्धि विधेयक) दर्ता गर्ने तयारीमा रहेको जानकारी समेत गराएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार