Sep 19 2024 | २०८१, असोज ३ गते

मानहानी मुद्दामा उन्मुक्ति पाएपछि संसद्‌मा फर्किए राहुल गान्धी 

मानहानी मुद्दामा उन्मुक्ति पाएपछि संसद्‌मा फर्किए राहुल गान्धी 

एभरेष्ट हेडलाइन्स
सोमबार, साउन २२ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, साउन २२ २०८०
  • मानहानी मुद्दामा उन्मुक्ति पाएपछि संसद्‌मा फर्किए राहुल गान्धी 

    काठमाडौँ । भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीले मानहानी मुद्दामा उन्मुक्ति पाएपछि उनको सांसद पद पुनर्बहाली भएको छ। भारतीय सर्वोच्च अदालतले गत शुक्रबारमा उनीविरुद्धको मुद्दामा सजाय दिने आधार नरहेको आदेश दिएपछि उनले ‘मोदी सरनेम’ मानहानी मुद्दामा उन्मुक्ति  पाएका थिए।

    images
    images

    सुरतको एक अदालतले उनलाई सुनाएको दुई वर्षको जेल सजायमा सर्वोच्च न्यायालयले रोक लगाएको हो।  जसको प्रतिलिपि कांग्रेसका नेता अधीर रञ्जन चौधरीले लोकसभा अध्यक्ष ओम बिडलासमक्ष पेस गर्दै गान्धीको सदस्यताको माग गरेका थिए। लोकसभा सचिवालयले सोमबार पत्र जारी गर्दै संसद्‌मा राहुलको सदस्यता बहाल गरेको छ।

    राहुल केरलको वायनाडबाट लोकसभा सदस्य हुन्। सुरतको एक अदालतले मानहानी मुद्दामा दुई वर्षको सजाय सुनाएपछि ‘अयोग्य’ घोषित गर्दै उनको संसद् सदस्यता रद्द गरिएको थियो।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार