Dec 22 2024 | २०८१, पुस ७ गते

images
images

१३ अर्ब चार करोड रुपैयाँ बराबरको बिजुली भारत निर्यात

१३ अर्ब चार करोड रुपैयाँ बराबरको बिजुली भारत निर्यात

एभरेष्ट हेडलाइन्स
आइतबार, पुस ७ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, पुस ७ २०८१
  • १३ अर्ब चार करोड रुपैयाँ बराबरको बिजुली भारत निर्यात

    काठमाडौँ । पाँच महिनामा १ अर्ब ७६ करोड युनिट विद्युत् भारत निर्यात भएको छ । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा १३ अर्ब ४ करोड रुपैयाँ बराबरको बिजुली भारत निर्यात भएको हो ।

    images
    images
    images

    नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारत निर्यात गरिएको जनाएको हो । साउन, भदौ, असोज, कात्तिक र मंसिरमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् भातरतर्फ निर्यात गरिएको हो ।

    भारततर्फ निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट ७ रुपैयाँ ३९ पैसा छ । नेपाल–भारतबीचको सम्झौता अनुसार विद्युत् निर्यात गरिएको हो ।

    बाढी, पहिरो र सुख्खायामका कारण तुलनात्मक रूपमा विद्युत् निर्यात घटेको प्राधिकरणको भनाइ छ । प्राधिकरणका अनुसार साउनमा सबैभन्दा बढी ४ अर्ब १५ करोडको विद्युत् निर्यात भएको छ । त्यसपछिका महिनामा निर्यात घटेको तथ्यांक छ । प्राधिकरणले चालू आवमा करिब ३० अर्ब रुपैयाँको विद्युत् निर्यातको लक्ष्य राखेको छ । हिउँद सुरु भएसँगै नदी तथा खोलानालामा पानीको बहाव घट्ने भएकाले जलविद्युत् आयोजनाहरूको विद्युत् उत्पादन कम हुने प्राधिकरणको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार