Sep 19 2024 | २०८१, असोज ३ गते

भक्तपुरमा राष्ट्रिय परिचयपत्र वितरण सुरु

भक्तपुरमा राष्ट्रिय परिचयपत्र वितरण सुरु

एभरेष्ट हेडलाइन्स
सोमबार, साउन २२ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, साउन २२ २०८०
  • भक्तपुरमा राष्ट्रिय परिचयपत्र वितरण सुरु

    भक्तपुरमा राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको छ ।
    जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको हो । विवरण पेस भई राष्ट्रिय परिचयपत्र छापिएर आएपछि प्रशासनले वितरणको काम सुरु गरेको जनाइएको छ । हालसम्म करिब ७०० जनाले राष्ट्रिय परिचयपत्र प्राप्त गरिसकेको जिल्ला प्रशासन कार्यालय, भक्तपुरका राष्ट्रिय परिचयपत्र दर्ता अपरेटर इश्वरा श्रेष्ठले बताए ।

    images
    images

    परिचयपत्र लिन व्यक्ति स्वयम् आउनुपर्ने हुन्छ । जिल्ला प्रशासन कार्यालयले ‘फिङ्गर प्रिन्ट’ रुजु गर्न र पिन नम्बरसमेत रहेकाले परिचयपत्र लिन आफै आउनुपर्ने जनाएको छ ।

    जिल्ला प्रशासन कार्यालय भक्तपुरले राष्ट्रिय परिचय-पत्र लिन आउँदा आफ्नो मोबाईलको म्यासेज बक्समा म्यासेज प्राप्त गर्ने सेवाग्राहीले आफ्नो सक्कल नागरिकता, विवरण दर्ताको समयमा उपलब्ध गराईएको स्लिप तथा अनिवार्य रुपमा मोबाईलमा प्राप्त म्यासेज सहित तोकिएको दिनमा कार्यालय समयभित्र जिल्ला प्रशासन कार्यालयको राष्ट्रिय परिचयपत्र वितरण शाखामा सम्पर्क गर्नुहुन अनुरोध गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार