Sep 17 2024 | २०८१, असोज १ गते

हिमालय, कुमारीसहितका बैंकहरु राष्ट्र बै‌ककाे कारबाहीमा

हिमालय, कुमारीसहितका बैंकहरु राष्ट्र बै‌ककाे कारबाहीमा

राष्ट्र बैंकको वाणिज्य बैंक सुपरीवेक्षण विभागले बैंकहरू र बैंकका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सिइओ) लाई कारबाहीको विवरण प्रकाशित गर्दै ती बैंकले गरेको गल्ती र त्यसवापत पाएको नसिहतसहित करोडौं रुपैयाँ जरिवानाको विवरण सार्वजनिक गरेको छ।

एभरेष्ट हेडलाइन्स
सोमबार, साउन २२ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, साउन २२ २०८०
  • हिमालय, कुमारीसहितका बैंकहरु राष्ट्र बै‌ककाे कारबाहीमा

    काठमाडौं । हिमालयसहितका बैंकहरु राष्ट्र बै‌ककाे कारबाहीमा परेका छन् । नेपाल राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकहरू हिमालयन बैंक, कुमारी बैंक र प्राइम कमर्सियल बैंकलाई कारबाही गरेको हाे ।

    images
    images

    केन्द्रीय बैंकले दिएको निर्देशन उल्लंघन गरी व्यवसाय गर्दा गत आर्थिक वर्ष चौथो त्रैमासमा यी तीन बैंक कारबाहीमा परेका हुन । राष्ट्र बैंकको वाणिज्य बैंक सुपरीवेक्षण विभागले बैंकहरू र बैंकका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सिइओ) लाई कारबाहीको विवरण प्रकाशित गर्दै ती बैंकले गरेको गल्ती र त्यसवापत पाएको नसिहतसहित करोडौं रुपैयाँ जरिवानाको विवरण सार्वजनिक गरेको छ।

    जसमा कुमारी र हिमालयन बैंक कर्जा/स्रोत परिचालन अनुपालन गर्दा कारबाहीमा परेका छन्। कुमारीले कर्जा–निक्षेप अनुपात (सिडी) रेसियो तोकिएको सीमा अर्थात ९० प्रतिशतभन्दा बढी कायम गर्दा नगद जरिवानामा परेको छ। कुमारीले २०७९ माघमा ९० प्रतिशतभन्दा बढी सिडी रेसियो कटाएर व्यवसाय गर्दा ५९ लाख ६३ हजार ६ सय ९४ रुपैयाँ २२ पैसा जरिवाना तिरेको थियो।

    त्यसैगरी हिमालयन बैंकले गत आवको कात्तिकमा सिडी रेसियो ९० प्रतिशतमाथि राखेर व्यवसाय गर्दा १ करोड ३९ लाख ४७ हजार २८ रुपैयाँ २४ पैसा जरिवाना तिरेको हो।

    प्राइम कमर्सियल राष्ट्र बैंकको अन्य कारबाहीमा परेको छ। दिइएका तीन निर्देशन उल्लंघन गरी व्यवसाय गर्दा बैंकका सिइओ नारायणदास मानन्धरलाई राष्ट्र बैंकले नसिहत अर्थात बोलाएर सचेत गराएको हो।

    बैंकले एकृकीत निर्देशन २०७९ निर्देशन नम्बर २ बमोजिम कायम गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्था गरेको हो। बैंकले गत आवको चौथो त्रैमासमा ‘क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५’ अनुसार जोखिम भार सम्पत्ति गणना गर्दा वास्तविकभन्दा कम गरेको थियो।  साथै, बैंकले प्रिमियम दर बढाएर ब्याज असुल गरेको थियो।

    राष्ट्र बैंकले गल्तीको सजायमा राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ बमोजिम प्राइम बैंकका सिइओ मानन्धरलाई सचेत गराएको उल्लेख गरेको छ।

    1.jpg

    2.jpg

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार