Sep 17 2024 | २०८१, असोज १ गते

ब्रेक थ्रु भाे नागढुंगा-नौबिसे सुरुङ मार्गकाे

ब्रेक थ्रु भाे नागढुंगा-नौबिसे सुरुङ मार्गकाे

एभरेष्ट हेडलाइन्स
सोमबार, साउन २२ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, साउन २२ २०८०
  • ब्रेक थ्रु भाे  नागढुंगा-नौबिसे सुरुङ मार्गकाे

    काठमाडौं । नागढुंगा-नौबिसे सुरुङ मार्गको रेस्क्यू टनेल ‘ब्रेक थ्रू’ गरिएको छ ।  २०७६ कात्तिक ४ मा  शिलान्यास भइ ४२ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेर काम सुरू भएकोमा  साेमबार ब्रेक थ्रु गरिएकाे हाे ।

    images
    images

    हालसम्म ६६ प्रतिशत सुरुङ मार्गको काम सम्पन्न भएको छ । भने बाँकी काम अब ढेड वर्ष भित्र सकिएर सुरुङ मार्ग सञ्चालनमा आउने छ । मुख्य टनेलको काम पनि अब १८ प्रतिशत मात्र बाँकी रहेको छ ।’

    आयोजनाले जग्गा अधिग्रहणबापत साढे ५ अर्ब रूपैयाँ मुआब्जा वितरण गरेको थियो ।

    सुरुङमार्गमा ‘सुरुङ र सडक गरी कुल ५ दशमलब १३ किलोमिटर लामो तीन लेनको हुनेछ । उपत्यका प्रवेश गर्ने सवारीसाधन दुई लेनबाट यात्रा गर्नेछन् भने बाहिरिने सवारीसाधन एक लेनबाट जाने बताइएको छ । यस मार्गमा सुरुङको कुल लम्बाइ २ दशमलव ६ सय ८८ किमि र सडकको लम्बाइ २ दशमलब ४५ किमि हुनेछ ।

    निर्माण सम्झौताअनुसार सुरुङमार्ग प्रवेशका लागि त्रिभुवन राजपथबाट काठमाडौंतर्फ थानकोटको बस्नेत छापसम्म २.३० किमी र धादिङतर्फ धुनिबेसीको सिस्नेखोलाबाट ५ सय ६५ मिटर पक्की सडक समेत बनाउनुपर्ने छ ।

    सुरुङमार्ग बनेपछि नौबिसे-थानकोटको झण्डै ८ किलोमिटर लम्बाईसँगै झण्डै ३० मिनेट यात्रा समय छोटिने अपेक्षा लिइएको छ । कुल २२ अर्ब रूपैयाँमा ४२ महिनाभित्र सम्पन्न गर्ने गरी जापानी कम्पनी हाज्मा-आन्द्रो जेभीले नागढुंगा-नौबिसे सुरुङमार्गको निर्माण ठेक्का लिएको थियो ।

    जापान सरकारको करिब १६ अर्ब रूपैयाँ सहुलियतपूर्ण कर्जामा नेपाल सरकारको समेत लगानीमा बन्ने सो आयोजनाका लागि नेपाल सरकार र ठेकेदार कम्पनीबीच गत वर्ष निर्माण सम्झौता भएको थियो ।
    धादिङको धुनिबेँसी नगरपालिकाको सिस्ने खोलाबाट सुरू भई काठमाडौंको चन्द्रागिरी नगरपालिका बलम्बुमा निस्किने छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार