Sep 19 2024 | २०८१, असोज ३ गते

मकवानपुरमा पहिराले घर बगाउँदा एक जनाको मृत्यु, ६ जना बेपत्ता

मकवानपुरमा पहिराले घर बगाउँदा एक जनाको मृत्यु, ६ जना बेपत्ता

एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन २३ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन २३ २०८०
  • मकवानपुरमा पहिराले घर बगाउँदा एक जनाको मृत्यु, ६ जना बेपत्ता

    मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका–५ सिग्रे देभानमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ भने तीन बालबालिकासहित छ जना बेपत्ता भएका छन् । 

    images
    images

     जिल्ला प्रहरी कार्यालय मकवानपुरका  अनुसार बागमती–५ सिग्रे देभानका अक्कलबहादुर स्याङतानको घर पहिराले पुरिएको हो । पहिरामा परी ज्यान गुमाउनेमा अक्कलबहादुरकी श्रीमती ५५ वर्षीया सन्तमाया स्याङतान रहेको प्रहरीले जनाएको छ ।

    अक्कल बहादुर, उनका   छोरी  शिला स्याङतान, ज्वाइँ जीवन पहरी ,नाति चार वर्षीय मिलन पहरी, डेढ वर्षीया नातिनी दिव्या पहरी र पाहुना सिन्धुली हरिहरपुरका १६ वर्षीया पासाङ पहिरामा पुरिएर बेपत्ता भएको प्रहरीले जनाएको छ  । घटनास्थलमा प्रहरी पुगेर उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले बताए ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार