Sep 19 2024 | २०८१, असोज ३ गते

संसदको गतिरोध अन्त्य गर्न सभामुख सक्रिय, प्रमुख शीर्ष नेतासहितको छलफल जारी

संसदको गतिरोध अन्त्य गर्न सभामुख सक्रिय, प्रमुख शीर्ष नेतासहितको छलफल जारी

एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन २३ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन २३ २०८०
  • संसदको गतिरोध अन्त्य गर्न सभामुख सक्रिय, प्रमुख शीर्ष नेतासहितको छलफल जारी

    काठमाडौं । सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताको बैठक आज पुन छलफलमा जुटेका छन्। संसदमा उत्पन्न गतिरोध अन्त्य गर्न सभामुख देवराज घिमिरेको पहलमा सोमबार दुई पटक बसेको बैठक निष्कर्षविहीन बनेपश्चात आज पुन: प्रधानमन्त्री निवास बालुवाटारमा तीन दलका शीर्ष नेतासहित सचेतकहरु छलफलमा जुट्न लागेका हुन्। 

    images
    images

    प्रधानमन्त्री निवास बालुवाटारमा सभामुख घिमिरेसमेत उपस्थितिमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख विपक्षी दलका नेता एवम् एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित प्रमुख सचेतकहरु सहभागी रहेका छन्।

    बैठकमा उनीहरुबीच संसदीय समितिका सभापति चयन र संसदलाई प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ। सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका नेताहरूको अडान कायम भएपछि बैठक अनिर्णित भइरहेको छ। प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजे बस्ने बैठक गरी सोमबार सूचना टाँस गरी स्थगित भएको थियो। घिमिरेले दलहरूबीच आपसी विश्वास, एकता र सहकार्यको पक्षमा  आफू उभिँदै आएको बताउँदै आएका छन्।  एमाले सचेतक महेश बर्तौलाले एमालेले उच्चस्तरीय छानबिन समितिको विषय उठाइरहेको बताए । उनले आजको बैठकले उपयुक्त निर्णयमा पुर्‍याउन सरकार गम्भीर हुनेछ र सरकार स्वयंले अतिरिक्त अडान लिएर नबस्ने विश्वास व्यक्त गरे।

     

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार