Sep 17 2024 | २०८१, असोज १ गते

 राष्ट्रिय वाणिज्य बैंकका ग्राहकले विदेशबाट निःशुल्क नेपालमा रकम पठाउन सक्ने

 राष्ट्रिय वाणिज्य बैंकका ग्राहकले विदेशबाट निःशुल्क नेपालमा रकम पठाउन सक्ने

एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन २३ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन २३ २०८०
  •  राष्ट्रिय वाणिज्य बैंकका ग्राहकले विदेशबाट निःशुल्क नेपालमा रकम पठाउन सक्ने

     राष्ट्रिय वाणिज्य बैंकका ग्राहकले विदेशबाट निःशुल्क नेपालमा रकम पठाउन सक्ने भएका छन् । बैंकले आफ्नो वेबसाइट, मोबाइल बैंकिङ (डिजिटल संसार) तथा इन्टरनेट बैंकिङको पोर्टलबाट सजिलै अमेरिका, अस्ट्रेलिया, युरोप, गल्फलगायत विश्वका जुनसुकै देशमा बस्ने व्यक्तिले एक क्लिकमा नेपालमा रेमिट्यान्स पठाउन सकिने सुविधा सञ्चालनमा ल्याएको हो ।

    images
    images

    यो सुविधाअन्तर्गत विश्वको जुनसुकै देशमा रहेका व्यक्तिले आफ्नो क्रेडिट कार्ड, डेबिट कार्ड, बैंक डिपोजिट, अनलाइन बैंकिङ र ट्रान्सफर प्रयोग गरी बैंकको आरबिबी रिक्वेस्ट रेमिट पोेर्टलको सेन्ड रेमिटमार्फत रकम पठाउन सक्ने जनाइएको छ । 

    साथै, नेपालमा बस्ने व्यक्तिले पनि विदेशमा बस्ने आफन्तलाई रकमका लागि यो पोर्टलमार्फत अनुरोध गर्न सक्ने उल्लेख छ । यसरी रकम पठाउँदा ग्राहकलाई कुनै पनि शुल्क नलाग्ने तथा रेमिट्यान्स पठाएको केही मिनेटमै नेपालमा रहेको कुनै पनि बैंक खातामा (ग्राहकले भरेको) रकम डिपोजिट हुने जनाइएको छ । ग्राहकले विनिमय सटही दर पनि हेर्न सक्ने बैंकले जनाएको छ । 

    यसका लागि बैंकले ललित मनी ट्रान्सफरसँग सहकार्य गरेको जनाएको छ । ललित मनी ट्रान्सफरको विदेशी साझेदारी अनलिमिटेड रेमिटसँग रहेको उल्लेख छ । बैंकले हाल देशका ७७ वटै जिल्ला सदरमुकामसहित दुई सय ८२ शाखा, ६५ एक्सटेन्सन काउन्टर, दुई सय ६९ एटिएम र ९९ वटा शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिइहरेको जनाएको छ । 

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार