Dec 04 2024 | २०८१, मंसिर १९ गते

images

७० अर्ब खुद नाफा कमाएका बै‌कहरुकाे खराब कर्जाकाे अवस्था के छ ?

७० अर्ब खुद नाफा कमाएका बै‌कहरुकाे खराब कर्जाकाे अवस्था के छ ?

एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन २३ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन २३ २०८०
  • ७० अर्ब  खुद नाफा कमाएका बै‌कहरुकाे  खराब कर्जाकाे अवस्था के छ ?

    काठमाडाै‌ं । गत आव २०७९/८० मा वाणिज्य बैंकहरुले ७० अर्ब १७ करोड रुपैयाँ बराबर खुद नाफा कमाएका छन् भने बै‌कहरुकाे खराब कर्जा पनि उत्तिकै बढेकाे छ ।

    images
    images
    images

    याे अवधिमा कुमारी बैंकको खराब कर्जा सबैभन्दा धेरै चार दशमलव ७७ प्रतिशत बराबर छ । हिमालयन बैंकको चार दशमलब ५७ प्रतिशत, इन्भेष्टमेन्ट बैंक मेगा बैंकको चार दशमलव ३५ प्रतिशत र प्राइम बैंकको चार दशमलव २३ प्रतिशत बराबर रहेको छ । प्रभु बैंकको खराब कर्जा चार दशमलव १६ प्रतिशत बराबर छ । त्यस्तै नबिल बैंकको तीन दशमलव दुई प्रतिशत, ग्लोबल आइएमई बैंकको तीन दशमलव शुन्य आठ प्रतिशत र सिटिजन्स बैंकको तीन दशमलव १९ प्रतिशत बराबर छ ।

    राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा दुई दशमलव ९५ प्रतिशत, नेपाल बैंकको दुई दशमलव ८५ प्रतिशत, एनएमबी बैंकको दुई दशमलव ७२ प्रतिशत, कृषि विकास बैंकको दुई दशमलव ४८ प्रतिशत, लक्ष्मी सनराइज बैंकको दुई दशमलव २८ प्रतिशत, नेपाल एसबीआई बैंकको दुई दशमलव ४३ प्रतिशत र माछापुच्छ्रे बैंकको दुई दशमलव १२ प्रतिशत रहेको छ ।

    त्यस्तै स्ट्यान्डर्ड चार्टर्ड बैंकको खराब कर्जा एक दशमलव १७ प्रतिशत, सिद्धार्थ बैंकको एक दशमलव शुन्य सात प्रतिशत, सानिमा बैंकको एक दशमलव तीन प्रतिशत, एनआइसी एसिया बैंकको शून्य दशमलव आठ प्रतिशत र एभरेष्ट बैंकको शून्य दशमलव ७९ प्रतिशत बराबर रहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार