Sep 19 2024 | २०८१, असोज ३ गते

प्रतिनिधि सभा बैठक दिउँसो ३ बजे बस्दै

प्रतिनिधि सभा बैठक दिउँसो ३ बजे बस्दै

एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन २३ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन २३ २०८०
  • प्रतिनिधि सभा बैठक दिउँसो ३ बजे बस्दै

    काठमाडौं । प्रतिनिधि सभा बैठक आज मंगलबार बस्दैछ । बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

    images
    images

    हिजो बोलाइएको बैठक बस्न नसकेपछि आजका लागि बोलाइएको हो । गत १० साउनदेखि संसद बैठक अवरुद्ध र स्थगित हुँदै आएको छ ।

    सुन तस्करी प्रकरणको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसद बैठक अवरोध गर्दै आएको छ । एमालेले उच्चस्तरीय छानबिन समिति नबनेसम्म संसद बैठक अवरुद्ध गर्ने अडान कायमै राखेको छ ।

    हिजो सोमबार सभामुख देवराज घिमिरेले संसदको अवरोध हटाउने विषयमा शीर्ष दलका नेताहरूसँग छलफल गरेपनि सत्तापक्ष र प्रतिपक्षीबीच सहमति हुन सकेन ।

    संसदको अवरोध हटाउने विषयमा आज बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा छलफल हुने बताइएको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार