Sep 17 2024 | २०८१, असोज १ गते

राष्ट्र बैंकले संशाेधन गर्‍यो ‘एकीकृत परिपत्र’ : रकमान्तरमा सहजता

राष्ट्र बैंकले संशाेधन गर्‍यो ‘एकीकृत परिपत्र’ : रकमान्तरमा सहजता

एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन २३ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन २३ २०८०
  • राष्ट्र बैंकले  संशाेधन  गर्‍यो  ‘एकीकृत परिपत्र’ :  रकमान्तरमा सहजता

    राष्ट्र बैंकले ‘एकीकृत परिपत्र–२०७९’ संशोधन गरेकाे छ । 

    images
    images

    बैंकले सोमबार विदेशी विनिमय कारोबार गर्न इजाजत प्राप्त निकायलाई जारी गरेको ‘एकीकृत परिपत्र–२०७९’ संशोधन गरी सूचना प्रविधिलगायत सेवा निर्यात गर्ने कम्पनीले विदेशस्थित आफ्नो खातामा सोझै रकमान्तर गर्न पाउने सुविधा ल्याएको छ। 

    जुन व्यवस्थाअनुसार अब सूचना प्रविधिलगायत सेवा निर्यात गर्ने उद्योग–व्यवसायलाई विदेशमा सम्पर्क कार्यालय स्थापना गर्ने प्रयोजनका लागि विदेशस्थित आफ्नै बैंक खातामा रकमान्तर गर्न वा सफ्टवेयर, प्रोग्राम तथा उपकरण खरिद गरी विदेशमै जडान गर्न उद्योग–व्यवसायले वाणिज्य बैंकमार्फत विदेशी मुद्रा सुविधा प्राप्त गर्न सक्नेछन्।
     
    तर, यस्तो सुविधामा त्यस्ता उद्योग–व्यवसायले अघिल्लो आर्थिक वर्ष आर्जन गरेको विदेशी मुद्रा १० प्रतिशतसम्म सीमा राखिएको छ। 

    त्यस्तै अघिल्लो आर्थिक वर्ष सूचना प्रविधिलगायत सेवा निर्यात गरी आर्जन गरेको विदेशी मुद्रा खुल्ने लेखापरीक्षण गरिएको वित्तीय विवरण र परिवत्र्य विदेशी मुद्राको बैंक खाता विवरण, भारतका हकमा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने निर्यातकर्ताका हकमा नेपाली रुपैयाँ खाताको विवरण र सम्बन्धित बैंकले जारी गरेको भारु आर्जनसम्बन्धी प्रमाण पेस गर्नुपर्ने पनि राष्ट्र बैंकले जनाएको छ।

    विदेशी मुद्रा सुविधा माग गरिएको रकमसमेत खुल्ने नेपाल सरकारको सम्बन्धित निकायको सिफारिस आवश्यक पर्ने छ भने यसका लागि विदेशमा खाता खोल्न राष्ट्र बैंकको छुट्टै स्वीकृति भने आवश्यक पर्ने छैन। 

    विदेशी मुद्राको सीमा अघिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्रमा उल्लिखित करयोग्य आयको २० प्रतिशतभन्दा बढी नहुने पनि बैंकले उल्लेख गरेको छ। 

    यसका लागि प्रचलित कानुनी व्यवस्था पालना हुने सम्बन्धमा स्वघोषणा भने गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।

    एकीकृत परिपत्र–२०७९ मा संशोधन परिपत्र

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार