Sep 19 2024 | २०८१, असोज ३ गते

  संसदमा गृहमन्त्री श्रेष्ठको जवाफ सुन्न एमाले तयार

  संसदमा गृहमन्त्री श्रेष्ठको जवाफ सुन्न एमाले तयार

एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन २३ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन २३ २०८०
  •   संसदमा गृहमन्त्री श्रेष्ठको जवाफ सुन्न एमाले तयार

     सुन तस्करी प्रकरणबारे प्रतिनिधिसभा बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जवाफ सुन्न तयार भएको छ । 

    images
    images

    मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकमा सुन तस्करी प्रकरणबारे संसदनमा गृहमन्त्री श्रेष्ठलाई बोल्न दिने सहमति भएको हो । एमालेले सुन तस्करी प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय समिति बनाउने अडान लिएको थियो । तर, बैठकमा त्यस विषयमा सहमति भने भएन । 

    एमाले सचेतक महेश बर्तौलाले संसदमा सुन तस्करी प्रकरणबारे पहिले गृहमन्त्री श्रेष्ठको जवाफ सुन्ने र त्यसमा चित्त नबुझे विरोध कायम रहने बताए । उनले गृहमन्त्री श्रेष्ठले स्पष्ट जवाफ नदिए बैठकमा अवरोध कायम रहने पनि बताए । 

    'सरकार एमालेलाई गलाउन लाग्यो । सरकार षड्यन्त्रमा उभियो,' उनले भने, 'उच्चस्तरीय समिति बनाउन डरायो । तर, आजको बैठकमा गृहमन्त्रीको कुरा सुन्छौँ । उहाँको जवाफमा उच्चस्तरीय समिति बनाउने कुरा आउँछ आउँदैन हेर्छौँ ।'

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार