Sep 19 2024 | २०८१, असोज ३ गते

बागमती प्रदेशका ७० हजार पशुलाई लम्पी स्किनविरुद्धको खोप

बागमती प्रदेशका ७० हजार पशुलाई लम्पी स्किनविरुद्धको खोप

एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन २३ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन २३ २०८०
  • बागमती प्रदेशका ७० हजार पशुलाई लम्पी स्किनविरुद्धको खोप

    चितवन । बागमती प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले ७० हजार गाईभैँसीलाई लम्पी स्किनविरुद्धको खोप दिने भएको छ । यही साउन २५ गतेदेखि ३१ गतेसम्म अभियानका रुपमा खोप लगाउन सुरु गरिने मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेले जानकारी दिए । 

    images
    images

    उनले भने, “सबै पशुलाई खोप लगाउन नसके पनि अभियान सञ्चालन गरेर सन्देश दिन मन्त्रालयले चाहेको छ ।”  प्रदेशभित्रका सबै जिल्लामा गोठमै गएर खोप लगाइने छ । एउटा पशुलाई खोप लगाउने प्राविधिकले रु २० पाउने छन् । निजी क्षेत्रबाट प्राविधिक छनोट गरेर खोप लगाउन लागिएको हो ।

    एउटा पशुलाई खोप लगाउँदा खोपको मूल्य रु एक सय ३० हाराहारी पर्न आउँछ । यो अभियानमा प्रदेशले करिब रु एक करोड  खर्च गर्न लागेको उनले जानकारी दिए । 

    हालसम्म बागमती प्रदेशमा लम्पी स्किनबाट कूल सङ्क्रमित पशुको सङ्ख्या दुई लाख चार हजार नौ सय ८८ पुगेको छ । जसमध्ये सबैभन्दा बढी दोलखामा ३३ हजार छ सय २४ छन् भने कम ललितपुरमा एक हजार आठ सय ८८ छन् । सक्रिय सङ्क्रमित पशुको सङ्ख्या एक लाख १० हजार चार सय ४० रहेको उनले जानकारी दिए । जसमा काभ्रेपलान्चोकमा सबैभन्दा बढी २७ हजार दुई सय ९९ र  ललितपुरमा सबैभन्दा कम छ सय ५१ छन् । सङ्क्रमणमुक्त भएका पशुको सङ्ख्या ८८ हजार दुई सय ५७ पुगेको छ । 

    उक्त रोगका कारण हालसम्म ६ हजार दुई सय ९१ पशु मरेका छन् । जसमध्ये सिन्धुपाल्चोकमा सबैभन्दा बढी आठ सय ९६ छन् भने सबैभन्दा कम ललितपुरमा एक सय ४५ छन् ।  हालसम्म एक लाख ३२ हजार नौ सय पशुलाई खोप लगाइसकिएको छ । सचिव पाण्डेले रोग नियन्त्रणका लागि सुरुका दिनदेखि हालसम्म प्रदेश सरकारले आफ्ना मातहतका कार्यालयमार्फत काम गरिरहेको बताए ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार