Jan 15 2025 | २०८१, माघ २ गते

images
images

सुशासन, विकास र शान्ति  नेपालीको अभीष्ट हो : राष्ट्रपति

सुशासन, विकास र शान्ति  नेपालीको अभीष्ट हो : राष्ट्रपति

एभरेष्ट हेडलाइन्स
मंगलबार, माघ १ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, माघ १ २०८१
  • सुशासन, विकास र शान्ति  नेपालीको अभीष्ट हो : राष्ट्रपति

    काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक सामु विद्यमान समस्या समाधान गर्दै सबैलाई एकजुट भएर अघि बढ्न आव्हान गरेका छन् । माघीका अवसरमा राष्ट्रपति भवनमा आज आयोजित चियापान कार्यक्रममा उनले सुशासन, विकास र शान्ति  नेपालीको अभीष्ट  भएको बताएका हुन् । 

    images
    images
    images

    राष्ट्रपति पौडेलले हाम्रो संविधान र सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीको मूल लक्ष्य पनि देशमा सुशासन, विकास र शान्ति कायम गर्नु नै हो भने । उनले विभिन्न जातजातिले उत्सवका रुपमा मनाउने यस प्रकारका पर्वले नेपालीबीच आपसी प्रेम, भ्रातृत्व तथा मेलमिलापको भावना अभिवृद्धि गर्दै सबैलाई एकताको सूत्रमा बाँध्न र राष्ट्रिय एकतालाई सुदृढ गराउन योगदान दिने विश्वास व्यक्त गरे । 

    कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्व राष्ट्रपतिद्वय रामवरण यादव र विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्रीहरु, उपप्रधानमन्त्री, मन्त्री, सांसदलगायत उपस्थित थिए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट