Sep 17 2024 | २०८१, असोज १ गते

सेयर बजारमा पहिराे, लगानीकर्ता चिन्तामा

सेयर बजारमा पहिराे, लगानीकर्ता चिन्तामा

बजारका सबै उपसमूह ओर्लिएका छन् । बैंकिङ १३, विकास बैंक ६६, फाइनान्स ४८, होटल तथा पर्यटन ८४, जलविद्युत् ३८, जीवन बीमा १९६, उत्पादन ७३, माइक्रोफाइनान्स ६०, निर्जीवन बीमा ११२, अन्य २६ र व्यापार उपसमूह ७७ अंक घटे ।

एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन २३ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन २३ २०८०
  • सेयर बजारमा पहिराे, लगानीकर्ता चिन्तामा

    काठमाडौँ । सेयर बजारमा पहिराे गएकाे छ, जसकारण लगानीकर्ता चिन्तामा छन ।  मंगलबार सेयर बजारको परिसूचक नेप्से २८.४० अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २०१९ अंकमा कायम भएको छ । परिसूचकसँगै कारोबार रकममा पनि भारी गिरावट आएको छ । हिजो २ अर्ब ३३ करोडको कारोबार भएकोमा आज १ अर्ब ७३ करोडमा सीमित भयो ।

    images
    images

    कुल २२ कम्पनीको मूल्य बढ्दा १९८ को घट्यो भने २ को स्थिर रहृयो । बजारका सबै उपसमूह ओर्लिएका छन् । बैंकिङ १३, विकास बैंक ६६, फाइनान्स ४८, होटल तथा पर्यटन ८४, जलविद्युत् ३८, जीवन बीमा १९६, उत्पादन ७३, माइक्रोफाइनान्स ६०, निर्जीवन बीमा ११२, अन्य २६ र व्यापार उपसमूह ७७ अंक घटे ।

    स्वरोजगार लघुवित्त र नेपाल रिपब्लिक मिडियाको मूल्य १० प्रतिशत बढ्यो । गोर्खा फाइनान्सको मूल्य सबैभन्दा धेरै ८ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा आईएमई लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट, एभरेस्ट बैंक, सीईडीबी हाइड्रोपावर र सोल्टी होटल क्रमशः अगाडि रहे ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार