निरन्तर बढ्दै सुनको भाउ, फेरि तोलाको पुग्यो १ लाख ६४ हजार
निरन्तर बढ्दै सुनको भाउ, फेरि तोलाको पुग्यो १ लाख ६४ हजार
काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य फेरि निरन्तर उकालो लागिरहेको छ। आज १ हजार रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ६४ हजार रुपैयाँ पुगेको छ। अघिल्लो दिन बुधबार प्रतितोलामा ९०० रुपैयाँले बढेको थियो।
त्यसअघि मंगलबार तोलामा १ हजार १०० रुपैयाँले बढेको थियो। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुन १ लाख ६४ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
महासंघका अनुसार आज चाँदीको भाउ भने सामान्य घटेको छ। चाँदी ५ रुपैयाँले घटेर प्रतितोला चाँदी १ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ।