Aug 11 2026 | २०८३, साउन २६ गते

 धनुषामा बाढीले बगाउँदा एक जनाको मृत्यु, दुई जना बेपत्ता

 धनुषामा बाढीले बगाउँदा एक जनाको मृत्यु, दुई जना बेपत्ता

एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन २३ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन २३ २०८०
  •  धनुषामा बाढीले बगाउँदा एक जनाको मृत्यु, दुई जना बेपत्ता

    धनुषा । धनुषामा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन्। जिल्लाको मिथिला नगरपालिका–१ आनन्दपुरका १७ वर्षीय अजय यादवको मङ्गलबार बाढीले बगाउँदा मृत्यु भएको हो। 

    images

    घर नजिकै रहेको बसही खोला तर्ने क्रममा आएको बाढीले बगाउँदा यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दिपक कार्कीले जानकारी दिए।

    स्थानीयको सहयोगमा सुरक्षाकर्मीले उद्धार गरी महेन्द्रनगरस्थित अस्पतालमा पुर्‍याएएका थिए । यादवको उपचारको क्रममा मृत्यु भएको उनले जानकारी दिए। शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ। 

    यसैगरी, धनुषा र सिरहा जिल्लाको सीमा क्षेत्रमा रहेको कमला नदीमा आएको बाढीले बगाउँदा दुई जना बेपत्ता भएका छन्। मङ्गलबार कमला नदीले बगाउँदा दुई जना बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ। 

    नदीमा बाढीले बगाएर ल्याएको दाउरा सङ्कलन गर्ने क्रममा दुई बेपत्ता भएको खबर प्राप्त भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक कवीन राईले बताए । प्रहरीले बेपत्ताको खोजतलास गरिरहेको उनले जानकारी दिए। बेपत्ता दुबै गणेशमान चारनाथ नगरपालिका–७, का ३५ वर्षीय साजन परियार र उनकी श्रीमती ३० वर्षीया माया परियार रहेको प्रहरीले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट