Sep 17 2024 | २०८१, असोज १ गते

पाँच वर्षभित्रमा सवै निजी विद्यालय शैक्षिक गुठीमा रुपान्तरित हुनुपर्ने भनिएपछि विद्यालय बन्द गर्दै निजी विद्यालयहरु

पाँच वर्षभित्रमा सवै निजी विद्यालय शैक्षिक गुठीमा रुपान्तरित हुनुपर्ने भनिएपछि विद्यालय बन्द गर्दै निजी विद्यालयहरु

एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन २३ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन २३ २०८०
  • पाँच वर्षभित्रमा सवै निजी विद्यालय शैक्षिक गुठीमा रुपान्तरित हुनुपर्ने भनिएपछि विद्यालय बन्द गर्दै निजी विद्यालयहरु

    काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले साउन २८ गतेदेखि अनिश्चितकालीन विद्यालय बन्द गर्ने चेतावनी दिएका छन्।

    images
    images

    प्याब्सन, हिसान र नेसनल प्याब्सनले मंगलबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्दै साउन २८ गतेदेखि अनिश्चितकालिन विद्यालय बन्द गर्ने चेतावनी दिएका हुन्।

    संसदमा पेश गर्न लागिएको विद्यालय शिक्षासम्बन्धी विधेयक २०८० प्रति असन्तुष्टि जनाउँदै उनीहरूले आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेका हुन्। विधेयकमा निजी विद्यालयका मागलाई नसमेटेका गुनासो उनीहरूको छ।

    आन्दोलन कार्यक्रम अन्तर्गत भदौ १ गते विद्यालयका सवारी साधनहरू सार्वजनिक स्थलमा पार्किङ गर्ने घोषणासमेत गरिएको छ।

    निजी लगानीका संस्थागत विद्यालयप्रति पूर्वाग्राही र संविधान विपरीत, अव्यवहारिक र अन्यायपूर्ण भएको उनीहरूको भनाइ छ। मन्त्रिपरिषद्को यही साउन १६ गतेको बैठकले विधेयकको मस्यौदा स्वीकृति गरी संसद्‍मा पेस गर्ने निर्णय भएको थियो।

    विधेयकले पाँच वर्षभित्रमा निजी लगानीका विद्यालयले आफ्ना सम्पूर्ण दायित्व फरफारक गरी शैक्षिक गुठीमा रुपान्तरित हुनुपर्ने लगायतका व्यवस्थाप्रति संस्थाले आपत्ति जनाएका छन्।

    आन्दोलनको कार्यक्रममा साउन २४ गते बुधबार पालिका, शिक्षा विकास तथा समन्वय एकाइ, प्रदेश मन्त्रालयलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम छ। यस्तै, साउन २५ गते विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको मस्यौदाको विरोधमा अन्तर्क्रिया गर्ने, २७ गते आन्दोलनको समीक्षा गर्ने कार्यतालिका छ। 

    यस्तै, साउन २८ गतेदेखि अनिश्चितकालीन विद्यालय बन्द र भदौ १ गते अनिश्चित विद्यालय बन्द तथा विद्यालयका सवारीसाधनहरू सार्वजनिक स्थानमा पार्किङ गर्नेजस्ता कार्यक्रम छन्।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार