Sep 19 2024 | २०८१, असोज ३ गते

एमालेलाई मनाउन बालुवाटारमा शीर्ष नेताको बैठक जारी

एमालेलाई मनाउन बालुवाटारमा शीर्ष नेताको बैठक जारी

एभरेष्ट हेडलाइन्स
बुधबार, साउन २४ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, साउन २४ २०८०
  • एमालेलाई मनाउन बालुवाटारमा शीर्ष नेताको बैठक जारी

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अडानका कारण लगातारुपमा सदन अवरुद्ध भएपछि शीर्ष नेताहरु पुनः छलफलमा जुटेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरु बालुवाटारस्थित प्रधानमन्त्री निवासमा छलफलका लागि बसेका हुन् ।

    images
    images

    बैठकमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित तीनै दलका उपनेता र प्रमुख सचेतकहरू बैठकमा उपस्थित छन् ।

    प्रतिनिधिसभाको बैठक १ बजे बस्नु अगावै संसद् सुचारु गर्नका लागि सहमति खोज्न उक्त बैठक बसेकाे छ ।

    गत साउन २ गते बरामद भएको एक क्विन्टल सुनलाई लिएर छानविन समिति बनाउन माग गर्दै एमालेले निरन्त सदन अवरोध गरिरहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार