सभामुख घिमिरेले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
सभामुख घिमिरेले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
काठमाडौं । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । सभामुख घिमिरेले आज बिहान संसद् भवन बानेश्वरमा ११ः३० बजे बस्ने गरी बैठक बोलाएका हुन् ।
बैठकमा संसद्को अवरोध हटाउने विषयमा छलफल हुनेछ । संसद् बैठकअघि कार्यव्यवस्थाको बैठक बस्न लागेको हो । प्रतिनिधिसभाको बैठक आजै दिउँसो १ बजे बस्ने तय छ ।
करिब १०० किलो सुन तस्करी प्रकरणको छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमाले०का सांसदले संसद् बैठक अवरुद्ध गर्दै आएका छन् ।
बैठकमा सबै राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरू सहभागी हुनेछन् ।