Sep 19 2024 | २०८१, असोज ३ गते

युवतीसँग अनैतिक हर्कत गर्ने दमकका प्रमुख प्रशासकीय अधिकृत निरौला मन्त्रालय तानिए

युवतीसँग अनैतिक हर्कत गर्ने दमकका प्रमुख प्रशासकीय अधिकृत निरौला मन्त्रालय तानिए

एभरेष्ट हेडलाइन्स
बुधबार, साउन २४ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, साउन २४ २०८०
  • युवतीसँग अनैतिक हर्कत गर्ने दमकका प्रमुख प्रशासकीय अधिकृत निरौला मन्त्रालय तानिए

    काठमाडौं । युवतीसँग मदिराको नशाले लठ्ठ भएर अनैतिक हर्कत गरेको भिडियो टिकटकबाट सार्वजनिक भएपछि विवादित बनेका झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौला संघीय तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा तानिएका छन् ।

    images
    images

    मन्त्रालयले हालै उपसचिव सरुवाको निर्णयको सूचीमा निरौला पनि परेका हुन् । निरौलाको ठाउँमा तारकेश्वर नगरपालिका काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीलाई पठाइएको छ ।

    गत साउन १३ गते सरकारी क्वार्टरमा एक युवतीसँग आपत्तिजनक हर्कत गरेको भिडियो सार्वजनिक भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निरौलालाई २४ घण्टाभित्र मन्त्रालयमा हाजिर हुन् पत्र काटेको थियो ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार