Sep 19 2024 | २०८१, असोज ३ गते

श्रीलंकामा ७ महिनामा ८ लाख पर्यटक पुगेः आर्थिक उन्नयन हुँदै

श्रीलंकामा ७ महिनामा ८ लाख पर्यटक पुगेः आर्थिक उन्नयन हुँदै

एभरेष्ट हेडलाइन्स
बुधबार, साउन २४ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, साउन २४ २०८०
  • श्रीलंकामा ७ महिनामा ८ लाख पर्यटक पुगेः आर्थिक उन्नयन हुँदै

     गम्भीर आर्थिक संकटमा फसेकाे  श्रीलंकामा पर्यटककाे आगमन वढ्न थालेकाे छ । 

    images
    images

    सन् २०२३ काे पहिलो सात महिनामा आठ लाखभन्दा बढी विदेशी पर्यटक भित्रिएपछि श्रीलंकाकाे आर्थिक संकट अन्त्य हुने विश्वास गर्न थालिएकाे छ ।  श्रीलंका विकास प्राधिकरण (एसएलटीडीए) का अनुसार भारत, संयुक्त अधिराज्य र चीनबाट प्रशस्त मात्रामा पर्यटक भित्रिएका छन् ।  अगस्टमा पनि साेही देशका पर्यटक आगमनको लागि शीर्ष स्रोत बजार भएको एसएलटीडीएका अध्यक्ष प्रियन्था फर्नान्डोले बताए।

    श्रीलंकामा कोभिड–१९ को महामारी र आर्थिक तथा राजनीतिक संकटका कारण विदेशी मुद्रा आर्जन गर्ने प्रमुख मुलुकमध्येको एक पर्यटन क्षेत्र धरासायी भएको थियाे। सन् २०२२ मा दक्षिण एसियाली राष्ट्रमा सात लाख २० हजारभन्दा कम पर्यटक आएका थिए।

    यद्यपि, आधिकारिक तथ्यांकअनुसार सन् २०२३ मा यो उद्योगमा सुधार आएको छ। सन् २०२३ को जुन महिनामा सबैभन्दा बढी एक लाख ४३ हजार ३९ पर्यटक भित्रिएका छन्।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार