Sep 19 2024 | २०८१, असोज ३ गते

बाटाेमा अलपत्र यात्रुहरुलाई सहजीकरण गर्दै रास्वपा, नारायणगढ–मुग्लिन सडकमा र्‍यापिड एक्सन टिम खटियाे

बाटाेमा अलपत्र यात्रुहरुलाई सहजीकरण गर्दै रास्वपा, नारायणगढ–मुग्लिन सडकमा र्‍यापिड एक्सन टिम खटियाे

एभरेष्ट हेडलाइन्स
बुधबार, साउन २४ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, साउन २४ २०८०
  • बाटाेमा अलपत्र यात्रुहरुलाई सहजीकरण गर्दै रास्वपा, नारायणगढ–मुग्लिन सडकमा र्‍यापिड एक्सन टिम खटियाे

    राष्ट्रिय स्वतन्त्र पार्टीले वर्षाका कारणले पटक–पटक अवरुद्ध हुने गरेको नारायणगढ–मुग्लिन सडकमा र्‍यापिड एक्सन टिम (आरएटी) खटाएको छ ।

    images
    images

    पहिरोका कारण अलपत्र परेका यात्रुहरुलाई सहजीकरण गर्दै यात्रालाई सहज बनाउन सो टिम खटाइएको पार्टीले जनाएको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलका अनुसार टिममा झण्डै ५० जना युवाहरु खटिएका छन् ।

    प्रदेशका संयोजक विजय गुप्ताको नेतृत्वमा खटिएका युवाहरु वर्षाभर सडकमा रहने उनले जानकारी दिए ।

    सडकमा खटिएका प्रहरीहरुलाई सहयोग गर्दै जिल्ला प्रहरी कार्यालयको समन्वयमा खटिएको टोलीले मुग्लिङ–नारायणगढ सडक खण्डमा जाममा परेका सवारी साधनलाई ट्राफिक व्यवस्थापन गर्न कालीखोलालगायतका विभिन्न स्थानमा सहजीकरण गरिरहेका छन् ।

     

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार