Sep 19 2024 | २०८१, असोज ३ गते

एकाएक किन सरकारसँग रुष्ट बन्याे जसपा ? सरकार छाड्ने तयारी

एकाएक किन सरकारसँग रुष्ट बन्याे जसपा ? सरकार छाड्ने तयारी

अहिले जसपाको कार्यकारिणी समितिको बैठक पार्टी मुख्यालय बालकुमारीमा जारी छ । ७ चैत २०६३ मा तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादीका कार्यकर्ताबीच झडप भएको थियो । गौरको राइसमिल क्षेत्रमा भएको झडपमा २३ जना माओवादी कार्यकर्ता मारिएका थिए । 

एभरेष्ट हेडलाइन्स
बुधबार, साउन २४ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, साउन २४ २०८०
  • एकाएक किन सरकारसँग रुष्ट बन्याे जसपा ? सरकार छाड्ने तयारी

     सत्तारुढ दल जसपा नेपाल असन्तुष्ट देखिएको छ ।

    images
    images

    २३ साउनमा गौर हत्याकाण्डका पीडित र सरकारबीच पाँच बुँदे सहमति भएको थियो । उक्त सहमतिको पहिलो बुँदामा गौर हत्याकाण्डको घटना छानबिन गर्ने उल्लेख छ । सहमतिसँगै ७ चैत २०६३ को गौर हत्याकाण्डको छानबिन हुने भएपछि जसपा असन्तुष्ट देखिएको छ ।

    सरकारले सहमति गरेपछि जसपा अध्यक्ष उपेन्द्र यादवले राजनीतिक भेटवार्ता बढाएका छन् । जसपा स्रोतका अनुसार अध्यक्ष यादवले कांग्रेस सभापति शेरबहादुर देउवालाई मंगलबार सिंहदरबारमा भेटेका थिए । देउवासँगको भेटमा यादवले आफूलाई अप्ठ्यारोमा पार्न खोजिएको बताएका थिए । 

    अहिले जसपाको कार्यकारिणी समितिको बैठक पार्टी मुख्यालय बालकुमारीमा जारी छ । ७ चैत २०६३ मा तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादीका कार्यकर्ताबीच झडप भएको थियो । गौरको राइसमिल क्षेत्रमा भएको झडपमा २३ जना माओवादी कार्यकर्ता मारिएका थिए । 

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार