Sep 19 2024 | २०८१, असोज ३ गते

७११ सदस्यीय समिति बनाउँदा पनि नेविसंघमा विवाद कायमैः समानान्तर समिति बनाइँदै

७११ सदस्यीय समिति बनाउँदा पनि नेविसंघमा विवाद कायमैः समानान्तर समिति बनाइँदै

एभरेष्ट हेडलाइन्स
बुधबार, साउन २४ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, साउन २४ २०८०
  • ७११ सदस्यीय समिति बनाउँदा पनि नेविसंघमा विवाद कायमैः समानान्तर समिति बनाइँदै

    काठमाडौं । नेपाली कांग्रेसकाे नेपाल विद्यार्थी संघको ७११ सदस्यीय जम्बो कार्यसमिति बनाइए पनि असन्तुष्टि कायम हुँदा विवाद सतहमा आएकाे छ । 

    images
    images

    सोमबार राति कांग्रेस सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पा नेतृत्वको नेविसंघमा ७१० जना केन्द्रीय सदस्य मनोनीत गरेका थिए । तर नेविसंघको इतिहासमै सबैभन्दा ठूलो कार्यसमिति बने पनि कांग्रेसमा विवाद झन् बढेको छ ।

    कांग्रेसको संस्थापन इतर र संस्थापनभित्रै पनि नवगठित तदर्थ समितिलाई लिएर तीव्र असन्तुष्टि उत्पन्न भएको हाे ।

    नेविसंघमा गरेको मनोनयनलाई लिएर नेता कृष्णप्रसाद सिटौला समूहले आपत्ति जनाएको छ। सिटौला समूहले उक्त मनोनयनप्रति आपत्ति जनाउँदै समानान्तर समितिको अभ्यासमा जाने चेतावनी दिएको छ।

    नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले यो मनोनयनबाट संगठन अघि बढ्न नसक्ने बताए ।

    मनोनयनलाई नसच्याए विद्रोह गर्ने सिटौला समूहले चेतावनी दिएको छ । संस्थापन इतर समूह पनि अहिलेको मनोनयनसँग सन्तुष्ट छैन ।

    टुँडिखेलमै केन्द्रीय समितिको बैठक बस्नुपर्ने गरी तदर्थ समिति बनाएको शेखर–गगन समूहले असन्तुष्टि जनाएको हो । धेरै संघर्ष गरेका विद्यार्थी नेता मनोनयनमा नपरेको बताइएको छ ।

    पार्टी  सभापति शेरबहादुर देउवाले सोमबार बेलुकी १० बजे ७ सय १० सदस्यीय नेविसंघ केन्द्रीय समिति विस्तार गरेका थिए।सभापति देउवाले वि.सं. २०७८ चैत ९ गते नेविसंघ तदर्थ समिति अध्यक्षमा दुजाङ शेर्पालाई तोकेका थिए। 
    पार्टी सभापति शेरबहादुर देउवाले विधान विपरीत नेपाल विद्यार्थी संघमा सदस्य थप गरेको भन्दै असन्तुष्ट विद्यार्थीहरूले नेविसंघ समानान्तर कार्यसमिति घोषणाको तयारी गरेको हो ।
    जसका लागि दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा समानान्तर केन्द्रीय कार्यसमितिको घोषणा गर्ने तयारी गरिएको छ ।
    नेविसंघको विधानले १५१ सदस्य मात्रै वैधानिक हुने भने पनि सभापतिले ७१० जनालाई अवैधानिक रूपमा मनोनयन गरेपछि आन्दोलित हुनुपरेको विद्यार्थी नेताहरुले बताएका छन् ।

    दुवै समूहले सहमतिअनुसार आफ्नो समूहबाट पठाइएको नाम संस्थापन समूहले मनोमानी ढंगले हटाएर आफूखुसी समिति घोषणा गरेको आरोप लगाएका छन् । नेविसंघमा लामो समय राजनीति गरेका र नेतृत्वमा आउने सम्भावना भएकालाई हटाएर तदर्थ समितिमा नाम घोषणा भएको दुवै समूहका नेताहरूले आरोप लगाएका छन् ।

    डा. शेखर कोइराला र महामन्त्री गगन थापा समूहका असन्तुष्ट विद्यार्थी नेताहरूले बुधबार नेविसंघको समानान्तर कमिटी घोषणा गर्ने तयारी गरेका छन् । इतर निकट विद्यार्थी नेता विनोद शाही ठकुरीले संगठनमा लामो समयसम्म काम गरेकालाई पाखा लगाउने गरी समिति ल्याइएको दाबी गर्दै बुधबार २ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा नेविसंघको समानान्तर समिति गठन गरेर अगाडि बढ्न लागेको बताए । ‘
    नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले समिति बनाउँदा सबैलाई समेट्न नसकिएको बताए । छुटेकाहरूलाई आवश्यकताअनुसार समेटेर लाने उनको भनाइ छ । शेर्पाले अबको गन्तव्य महाधिवेशन सम्पन्न गर्नेे भएको बताए । उनले समानान्तर समिति गठनजस्ता संस्थाको हितविपरीत गतिविधि भए क्षम्य नहुने चेतावनी दिए । ‘समिति बनाउँदा केही महत्वपूर्ण साथीहरू छुट्नुभएको छ । जसकारण केही असन्तुष्टि देखिएका छन् । तर, छुटेका साथीहरूलाई संगठनको आवश्यकताअनुसार समेटेर र आवश्यक जिम्मेवारी दिएर अगाडि बढ्छौँ । तदर्थ समितिले पूर्णता पाएपछि हाम्रा लागि एक भएर महाधिवेशन सम्पन्न गर्ने बाटोमा अगाडि बढ्ने समय हो । यस्तो अवस्थामा संगठनविरुद्ध गतिविधि भए क्षम्य हुँदैन,’ शेर्पाले भने ।

    अध्यक्ष शेर्पाले आज कुनै भेला नबोलाएको बताए । उनले नेविसंघमा आवद्ध विद्यार्थी नेतालाई भ्रममा नपर्नसमेत आग्रह गरेका छन् ।

    नेविसंघको अध्यक्षको जिम्मेवारी पाएको दिनदेखि नै आफूले केन्द्रीय समिति गठनका लागि निरन्तर प्रयास गरेको उनले बताएका छन् । उनले विशेष परिस्थितिका कारण केन्द्रीय समितिले पूर्णता पाउन १७ महिना कुर्न परेको पनि बताएका छन् ।

    केन्द्रीय समितिमा नअटाएका विद्यार्थी नेताहरुको उचित व्यवस्थापन गर्ने कुरामा आफू गम्भीर रहेको पनि उनले बताएका छन् । केन्द्रीय समिति विस्तारका क्रममा असन्तुष्ट रहेका नेविसंघका केही विद्यार्थी नेताले समानन्तर समिति गठन गर्न लागेपछि शेर्पाले यस्तो बताएका हुन् ।

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार