images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

कर्णाली प्रदेश प्रमुखद्वारा विश्व आदिवासी दिवसको शुभकामना

कर्णाली प्रदेश प्रमुखद्वारा विश्व आदिवासी दिवसको शुभकामना

एभरेष्ट हेडलाइन्स
बुधबार, साउन २४ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, साउन २४ २०८०
  • कर्णाली प्रदेश प्रमुखद्वारा विश्व आदिवासी दिवसको शुभकामना

    कर्णाली । कर्णाली प्रदेश प्रमुख तिलक परियारले २९औँ अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् । कर्णाली प्रदेशवासीलगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै उनले आदिवासी पहिचान र परम्परागत ज्ञान तथा सीपको स्रोत भएको बताए । उनका अनुसार मुलुकको समुन्नति र निर्माणमा आदिवासीले खेलेको भूमिका ठूलो छ ।    

    images
    images
    images

    आज एक सन्देश जारी गर्दै प्रदेश प्रमुख परियारले भनेका छन् ,।“बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसाथ गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवद्र्धन गर्न आदिवासीको महत्वपूर्ण योगदान छ, वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद् तथा सबै प्रकारका असमानता र विभेद् अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी एवं सहभागिता सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्न दिवसले उत्प्रेरकको काम गर्नेछ ।”

    संवैधानिक र कानुनीरुपमा प्राप्त आदिवासी जनजातिका सामाजिक, सांस्कृतिक राजनीतिक र आर्थिक अधिकारको व्यवहारमा प्रयोग तथा रक्षा गर्दै थप अधिकारको सुनिश्चितताका लागि शान्तिपूर्ण, संवैधानिक एवं लोकतान्त्रिक माध्यमबाट अगाडि बढेर राष्ट्रिय आकांक्षालाई पूरा गर्न साझा दायित्व बोधका साथ एकताबद्ध भई लाग्न आजको दिनले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास प्रदेश प्रमुख परियारले व्यक्त गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार