Sep 19 2024 | २०८१, असोज ३ गते

हराइरहेका ६ मध्ये दुई बागमती नदीमा मृत फेला

हराइरहेका ६ मध्ये दुई बागमती नदीमा मृत फेला

एभरेष्ट हेडलाइन्स
बुधबार, साउन २४ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, साउन २४ २०८०
  • हराइरहेका ६ मध्ये दुई बागमती नदीमा मृत फेला

    मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा गएको पहिरोमा बेपत्ता भएकामध्ये दुईजनाको शव आज फेला परेको छ । 

    images
    images

    बागमती–५ सिग्रेदोभानमा हिजो बिहान गएको पहिरोमा परी बेपत्ता भएका अक्कलबहादुर स्याङ्तान र उनकी २२ वर्षीय छोरी शीला स्याङ्तान १० किलोमिटर टाढा सिन्धुलीको हरिहरपुरगढीस्थित बागमती नदी बगरमा फेला परेको प्रहरीले जनाएको छ ।  

    पहिरोमा परेका अझै तीनजना बेपत्ता रहेका छन् । अक्कल बहादुरका २५ वर्षीय ज्वाइँ जीवन पहरी, चार वर्षीया नाति मिलन पहरी, डेढ वर्षीय नातिनी दिव्या पहरी अझै फेला पर्न नसकेको र उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    पहिरोमा परी हिजो एकजनाको मृत्यु भएको थियो भने छ जना बेपत्ता भएकामा १६ वर्षीय पासाङ घिसिङलाई १५ घण्टापछि जीवितै उद्धार गरी हेटौँडा अस्पताल ल्याइएको छ । 

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार