Sep 19 2024 | २०८१, असोज ३ गते

इटालीमा डुङ्गा पल्टिँदा कम्तीमा ४१ जना आप्रवासीको मृत्यु

इटालीमा डुङ्गा पल्टिँदा कम्तीमा ४१ जना आप्रवासीको मृत्यु

एभरेष्ट हेडलाइन्स
बुधबार, साउन २४ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, साउन २४ २०८०
  • इटालीमा डुङ्गा पल्टिँदा कम्तीमा ४१ जना आप्रवासीको मृत्यु

    इटालीको लाम्पेडुसा टापुमा डुङ्गा पल्टिँदा कम्तीमा ४१ जना आप्रवासीको ज्यान गएको छ । दुर्घटनामा बाँचेका चार जनाले आफूहरू ट्युनिसियाबाट इटाली जानका लागि डुङ्गा चढेको बताएका बीबीसीले जनाएको छ । उद्धार गरेर बाँच्न सफल चार जना आप्रवासी आइभोरी कोस्ट र गिनीका बासिन्दा हुन् ।

    images
    images

    एक कार्गो जहाजले उनीहरूलाई उद्धार गरी इटालीको तट रक्षकलाई बुझाएको थियो । ट्युनिसियाको स्फ्याक्स बन्दरगाहबाट ४५ जना डुङ्गामा चढेकोमा केही घण्टापछि डुबेको खबरमा उल्लेख छ ।

    अवैध आप्रवासीका लागि प्रमुख 'ट्रान्जिट' मानिने ट्युनिसियाको स्फ्याक्स बन्दरगाह सहर इटालीको लाम्पेडुसा टापुबाट एक सय ३० किलोमिटर टाढा रहेको छ ।

    यो वर्ष अहिलेसम्म उत्तर अफ्रिकाबाट युरोप जाने क्रममा एक हजार आठ सय जनाभन्दा बढी मानिसले ज्यान गुमाएका छन् । पछिल्ला दिनहरूमा इटालियन तट रक्षक र सामाजिक संस्थाहरूले लाम्पेडुसा पुगेका दुई हजार जना मानिसको ज्यान बचाएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार