Sep 19 2024 | २०८१, असोज ३ गते

राष्ट्रपति निर्वाचनका एक उम्मेदवारको गोली हानी हत्या

राष्ट्रपति निर्वाचनका एक उम्मेदवारको गोली हानी हत्या

एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन २५ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन २५ २०८०
  • राष्ट्रपति निर्वाचनका एक उम्मेदवारको गोली हानी हत्या

    काठमाडौं । एक्वेडरमा राष्ट्रपति निर्वाचनका एक उम्मेदवारको गोली हानी हत्या गरिएको छ । देशको उत्तरी सहर क्विटोमा आयोजित एक चुनावी सभालाई सम्बोधन गरेर फर्किने क्रममा कारमा चढ्दै गर्दा टाउकोमा गोली हानी उनको हत्या गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    images
    images

    संसद सदस्यसमेत रहेका ५९ वर्षीय फर्नान्डो भिला भिसेन्सियोमाथि तीन राउन्ड गोली प्रहार गरिएको प्रत्यक्षदर्शीले बताएका छन् । सुरक्षाकर्मीको कारबाहीमा संदिग्ध आक्रमणकारीको पनि मृत्यु भएको महान्यायाधिवक्ताले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

    वर्तमान राष्ट्रपति गुलेर्मो लासोले उनको हत्याबाट आफू स्तब्ध र आक्रोशित भएको बताउँदै देशमा हुँदै आएका संगठित अपराधलाई नियन्त्रण गरिने प्रतिबद्धता जनाएका छन् । लागुऔषध माफियाका कारण एक्वाडोरमा पछिल्ला दिनमा हिंसात्मक घटनामा वृद्धि भएको छ । राष्ट्रपतीय निर्वाचनमा यो विषय एक प्रमुख एजेन्डाका रुपमा रहेको छ । संगठित अपराधका कारण थुप्रै मानिसको हत्या गरिएपछि राष्ट्रपति लासोले गत महिना मात्रै तीन वटा प्रान्तमा संकटकालका साथै रात्रिकालीन कर्फ्यु लगाएका थिए ।

    एक्वाडोरमा यही अगस्ट २० मा राष्ट्रपति निर्वाचनका साथै संसदको पनि निर्वाचन हुँदैछ । राष्ट्रपति पदका आठ जना उम्मेदवारमध्ये फर्नान्डो पनि एक थिए । तर उनी प्रतिष्पर्धाको अग्रपंक्तिमा भने नरहेको जनाइएको छ । आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि राष्ट्रपति लासोले संविधानको पारस्परिक मृत्यु भनेर चिनिने प्रावधान प्रयोग गर्दै संसद विघटन गरेका थिए । सो प्रावधान प्रयोग गरेसँगै राष्ट्रपति र संसद दुवैको समय अगावै निर्वाचन हुन लागेको हो ।

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार