Sep 19 2024 | २०८१, असोज ३ गते

पाकिस्तानमा सङ्क्रमितको सङ्ख्यामा वृद्धि बढ्न थाल्यो अस्पतालमा भिड

पाकिस्तानमा सङ्क्रमितको सङ्ख्यामा वृद्धि बढ्न थाल्यो अस्पतालमा भिड

एभरेष्ट हेडलाइन्स
सोमबार, असार १३ २०७९
एभरेष्ट हेडलाइन्स
सोमबार, असार १३ २०७९
  • पाकिस्तानमा सङ्क्रमितको सङ्ख्यामा वृद्धि बढ्न थाल्यो अस्पतालमा भिड

    काठमाडौं । पाकिस्तानमा कोरोना भाइरसबाट सङ्क्रमित भइ अस्पताल भर्ना हुनेहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ । नयाँ सङ्क्रमितको सङ्ख्या भने तीन प्रतिशत मात्रै देखिएको सरकारी स्वास्थ्य अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । 

    images
    images

    राष्ट्रिय स्वास्थ्य संस्था ९एनआइएच० इस्लामावादले पछिल्लो २४ घण्टामा देशभर ३८२ जना नयाँ सङ्क्रमित भएको तथ्याङ्क सार्वजनिक गरेको छ । 

    सोही अवधिमा कुल १३ हजार ४१२ जनाको कोरोना परीक्षण गरिएको थियो । पाकिस्तानमा अहिले चार हजार ६३२ जना सङ्क्रमित अवस्थामै रहेका छन् । ती मध्ये ८७ जनालाई अति सघन कक्षमा राखेर उपचार भइरहेको छ । 

    सरकारी अधिकारीहरुका अनुसार पाकिस्तानमा कोरोनाका कारण अहिलेसम्म ३० हजार ३९० जनाको मृत्यु भएको छ । पाकिस्तानमा अहिलेसम्म ८५ प्रतिशतलाई कोरोना भाइरस विरुद्धको खोपको पूर्ण मात्रा दिइसकिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट