Sep 19 2024 | २०८१, असोज ३ गते

कांग्रेस का गतिविधि खर्चिलो हुन थालेको छ : प्रकाशमान सिंह

कांग्रेस का गतिविधि खर्चिलो हुन थालेको छ : प्रकाशमान सिंह

एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन २५ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन २५ २०८०
  • कांग्रेस का गतिविधि खर्चिलो हुन थालेको छ : प्रकाशमान सिंह

    काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले आफूले गरेका  कामका बारेमा प्रचार गर्ने नसकेको बताएका छन्। नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं १ मा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले सो कुरा बताएका हुन् ।

    images
    images

    विभिन्न परिवर्तनको नेतृत्व गरेको पार्टी जसका विषयमा जनताले अनुभूति गराउने गरी छलफल चलाउनुपर्ने बताए । राजनीतिक परिवर्तन आइसकेको भन्दै उनले अब आम नागरिकको जीवन सहज हुनेगरी आर्थिक सम्पन्नतातर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए।

    कार्यक्रममा बोल्दै नेता सिंहले भने, ‘कांग्रेस का गतिविधि खर्चिलो हुन थालेको छ । यसमा पनि सुधार ल्याउनुपर्ने भएको छ। पार्टीभित्र मतभेद हुनु स्वाभाविक भए पनि एक-अर्कालाई दोष लगायर कोही बलियो हुन सक्दैन । पार्टीका निर्णयहरूमा  विमतिहरू हुनसक्छ, चित्त नबुझ्न सक्छ, त्यस्ता कुरा पार्टीभित्रकै छलफलमा उठाउन सकिन्छ । सार्वजनिक रूपमा वादविवाद गर्दा पार्टीलाई नै हानी गर्छ यसमा सबैले ख्याल राख्नुहोला।’

    कार्यक्रममा बोल्दै कांग्रेस सह-महामन्त्री भीष्मराज आङ्दाङवेले कांग्रेस केन्द्रीय समितिले गरेका निर्णयहरू पार्टीका कमिटीदेखि सदस्यसम्मले पालना गरेर अघि बढ्न सके पार्टी बलियो हुने बताए ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार