Sep 17 2024 | २०८१, असोज १ गते

ढुवानी व्यवसायीलाई अनिवार्य भ्याटमा दर्ता हुन विभागको ताकेता

ढुवानी व्यवसायीलाई अनिवार्य भ्याटमा दर्ता हुन विभागको ताकेता

एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन २५ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन २५ २०८०
  • ढुवानी व्यवसायीलाई अनिवार्य भ्याटमा दर्ता हुन विभागको ताकेता

    काठमाडौं । ढुवानी सेवा गर्ने करदातालाई अनिवार्य भ्याटमा दर्ता हुन आन्तरिक राजस्व विभागले ताकेका तारेको छ । आर्थिक ऐन २०८० अनुसार ढुवानी साधनको भाडा तथा ढुवानी सेवामा मूल्य अभिवृद्धि कर लाग्ने कानुनी व्यवस्था छ ।

    images
    images

    ढुवानी सेवा प्रदायकले ढुवानी सेवा प्रदान गर्दा वस्तु तथा सेवाको बिजक अनिवार्य साथमा राख्नु

    ird 2.jpg

    पर्छ । सोहीकारण मूल्य अभिवृद्धि करको सीमा नाघेका व्यक्तिले समयमै मूल्य अभिवृद्धि करमा दर्ता भएर कानुन अनुसार कारोबार सञ्चालन गर्न आन्तरिक राजस्व विभागले ताकेता गरेको छ ।

    ढुवानी साधनको साथमा वस्तु तथा सेवाको बिजक नरहेको गुनासो आइरहेको भन्दै विभागले यस्तो ध्यानाकर्षण गराएको हो । आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयबाट खटिने टोलीले कानुनको परिपालना भएको पाइएमा कानुन अनुसार कारवाही हुने समेत विभागले जनाएको छ । यस वर्षको बजेटले आफ्नो सवारी साधन ढुवानीको कार्यमा लगाएमा सो सेवामा भ्याट लाग्ने प्रावधान गरेको हो ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार