Sep 19 2024 | २०८१, असोज ३ गते

मनसुनी रेखा अझ नेपालनजिक आउँदै, शनिबारदेखि वर्षा अझै बढ्ने सम्भावना

मनसुनी रेखा अझ नेपालनजिक आउँदै, शनिबारदेखि वर्षा अझै बढ्ने सम्भावना

एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन २६ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन २६ २०८०
  • मनसुनी रेखा अझ नेपालनजिक आउँदै, शनिबारदेखि वर्षा अझै बढ्ने सम्भावना

    काठमाडौँ । मनसुनको न्यून चापीय रेखा (वर्षा गराउने प्रणाली) नेपालको थप नजिक आउने र शनिबारदेखि वर्षाको मात्रा थप बढ्ने सम्भावना देखिएको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार केही दिनदेखि न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तर अर्थात् नेपाल नजिक नै छ।

    images
    images

    ‘भोलि (शनिबार) बाट थप नेपालनजिक हुने र वर्षा अरू बढ्ने सम्भावना देखिएको छ’, उनले भनिन्। मौसमविद्का अनुसार मनसुनको न्यून चापीय रेखा जति नजिक भयाे, उति वर्षा बढ्छ भने टाढा हुँदा घट्छ। मौसमविद् कँडेलका अनुसार यतिबेला (शुक्रबार बिहान) कोशी प्रदेशका एक/दुई स्थान, सिन्धुपाल्चोक, म्याग्दी, बर्दिया र आसपासका क्षेत्रमा वर्षा भइरहेको छ। ‘काठमाडौं उपत्यकामा भने अहिले कतै पानी परेको छैन’, उनले भनिन्, ‘दिउँसोतिर भने हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।’

    मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा कोशी, मधेश र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भने मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।

    महाशाखाको बिहानी बुलेटिनअनुसार राति पनि कोशी, मधेश, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार