images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

फेरि १० अर्ब रूपैयाँ आन्तरिक ऋण उठाउँदै सरकार

फेरि १० अर्ब रूपैयाँ आन्तरिक ऋण उठाउँदै सरकार

एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन २६ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन २६ २०८०
  • फेरि १० अर्ब रूपैयाँ आन्तरिक ऋण उठाउँदै सरकार

    काठमाडौं । सरकारले फेरि १० अर्ब रूपैयाँ आन्तरिक ऋण उठाउँदैछ । ८ वर्ष अवधिको विकास ऋणपत्र २०८८ ‘ख’ मार्फत १० अर्ब आन्तरिक ऋण उठाउन लागेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यो ऋणपत्र साउन २८ गते दिउँसो ३ बजे बोलकबोल हुनेछ ।

    images
    images
    images

    ऋणपत्र साउन २९ गते निष्कासन हुनेछ । बोलकबोलबाट निर्धारण हुने ब्याज अर्धवार्षिकरूपमा भुक्तानी हुनेछ । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरूलाई क्रमशः निष्कासित रकमको ८५ र १५ प्रतिशत अर्थात साढे ८ अर्ब र साढे ५ अर्ब छुट्याइएको छ । अप्रतिस्पर्धी बोलवालाहरूलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरूलाई बिक्री गरिनेछ ।

    अप्रतिस्पर्धी बोलवालाहरूलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिकरूपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिने केन्द्रीय बैंकले जनाएको छ ।

    यसअघि पनि साउन १८ गते जारी गरेको १० अर्ब विकास ऋणपत्रमा ४ अर्ब १६ करोड रूपैयाँमात्र उठेको थियो । यो पटक सरकारले आर्थिक वर्षको सुरूबाटै आन्तरिक ऋण उठाइरहेको छ । निर्माण व्यवसायीको भुक्तानी दिन नसकेको सरकारल ऋण उठाएर खर्च जोहो गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार