Sep 19 2024 | २०८१, असोज ३ गते

तनहुँमा मौरी नश्ल सुधार कार्यक्रम

तनहुँमा मौरी नश्ल सुधार कार्यक्रम

एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन २६ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन २६ २०८०
  • तनहुँमा मौरी नश्ल सुधार कार्यक्रम

    तनहुँ । तनहुँमा मौरी नश्ल सुधार कार्यक्रम सञ्चालन हुने भएको छ । व्यावसायिक कीट विकास केन्द्र बन्दीपुरले चालु आर्थिक वर्षमा मौरी नश्ल सुधार कार्यक्रम सञ्चालन गर्न लागेको हो । 

    images
    images

    केन्द्रले मौरी, रेशम किरा र च्याउ गरी मुख्य तीन विषयमा अध्ययनसहित कार्यक्रम सञ्चालन गर्दै आएको निमित्त प्रमुख भवनाथ देवकोटाले जानकारी दिए । विभिन्न ठाउँबाट मौरी ल्याएर रानोसँग क्रस गराइने उनले बताए । उनले भने, “केन्द्रले मुख्य गरी मौरी, च्याउ र रेशम किरामा अध्ययन गर्दै आएको छ । यस वर्ष मौरी नश्ल सुधार कार्यक्रम सञ्चालन गरी कृषकलाई मौरीसमेत वितरण गर्ने कार्यक्रम छ ।”

    चालु आवका लागि कार्यालयलाई रु दुई करोड ३५ लाख ८६ करोड बजेट विनियोजन गरिएको छ । त्यसमध्ये पुँजीगततर्फ रु ३० लाख ८० हजार र चालुतर्फ रु दुई करोड पाँच लाख छ हजार बजेट विनियोजन भएको छ । 

    कार्यालयले चालु आवमा मौरीसहित घार, च्याउका बीउ वितरण गर्नुका साथै आवश्यक सीपसमेत सिकाउने कार्यालय प्रमुख देवकोटाले जानकारी दिए । उनका अनुसार कृषकलाई ५० प्रतिशत अनुदानमा तीन सय ६० मौरीसहिको घार वितरण गरिनेछ । त्यसका लागि रु १८ लाख ७५ हजार बजेट विनियोजन गरिएको छ । 

    त्यस्तै चार सय घारमात्र वितरण गर्नका लागि रु सात लाख ५० हजार बजेट विनियोजन गरिएको छ । उनले भने । “मौरीपालक कृषकलाई अनुदानमा घारसहितको मौरी, घारमात्रै वितरण गर्नुका साथै मौरीपालनका लागि आवश्यक तालिम पनि दिन्छौँ ।”

    त्यस्तै च्याउ बीउ उत्पादनका लागि रु पाँच लाख बजेट विनियोजन भएको छ । केन्द्रमा पहिलोपटक च्याउ प्रयोगशाला निर्माण गरिँदैछ । उनले भने, “च्याउको अध्ययनका लागि पहिलोपटक कार्यालयमै प्रयोगशाला निर्माण हुँदैछ ।” देवकोटाका अनुसार व्यावसायिक कृषकका लागि च्याउ स्रोत केन्द्र निर्माणका लागि रु दश लाख सहयोग गर्ने कार्यक्रम रहेको छ भने च्याउ खेती तालिम पनि प्रदान रिनेछ । 

    कर्मचारी अभाव

    कार्यालयमा कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको छ । दश जनाको दरबन्दी रहेको कार्यालयमा छ जना कार्यरत छन् । त्यसमाथि उपसचिव तहको कार्यालय प्रमुख नै रिक्त रहेको छ । “दरबन्दीअनुसारको कर्मचारी नहुँदा सेवा प्रवाहमा त समस्या छँदैछ, कार्यालयको व्यवस्थापकीय काममा पनि अप्ठेरो हुँदै आएको छ” ,उनले भने । 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार