Sep 17 2024 | २०८१, असोज १ गते

एउटा गिराेह जाेसँग कराेडाैँ नोट छाप्न सक्ने मेसिनसहित ठुलाे रकम भेटियो

एउटा गिराेह जाेसँग कराेडाैँ नोट छाप्न सक्ने मेसिनसहित ठुलाे रकम भेटियो

साथै, नोट छाप्न प्रयोग हुने पेपर, मसीसहितको मेसीन पनि प्रहरीले बरामद गरेको छ। त्यस्तै, ३ वटा मोटरसाइकल, एउटा स्कुटर, स्मार्ट मोबाइल १० थान र सादा मोबाइल २ थान पनि बरामखद गरेको छ। 

एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन २६ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन २६ २०८०
  • एउटा गिराेह जाेसँग कराेडाैँ नोट छाप्न सक्ने मेसिनसहित ठुलाे रकम भेटियो

    तपाई हामीले प्रयाेग गर्ने नाेट नेपालमा बन्दैन । किनकी नाेट छाप्ने मेसीन सरकारसँग छैन । विदेशबाट नाेट छाप्दा सरकारले ठूलाे धनराशी खर्च गर्दै आएकाे छ ।

    images
    images

    आश्चर्यकाे कुरा सरकारसँग नाेट छाप्ने मेसीन नभएपनि नक्कली नाेटककाे काराेबार गर्नेहरुसँग त्यस्ताे मेसीन भेटिएकाे छ । नेपाल प्रहरीले त्यस्ताे मेसीनसहित एक गिराेहसँग ५२ लाख बढी नक्कली नोट भेटाएकाे छ ।

    त्यस्ताे धन्दा चलाउँदै आएका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंको गोंगबु बसपार्क र भक्तपुरको चाँगुनारायण–४ बुढाथोकी गाउँबाट गरी ५२ लाख ७५ हजार रुपैयाँ बराबरको नक्कली जस्तो देखिने नोटसहित प्रहरीले ९ जनालाई पक्राउ गरेको हो। लुम्बिनीबाट काठमाडौं आउँदै गरेको लु १ प ५ नम्बरको हरियो नम्बर प्लेटको पर्यटक बसलाई नागढु‌ंगामा चेकजाँच गर्ने क्रममा प्रहरीले शंकास्पद काटन फेला पारेको थियो।

    उक्त काटनमा एक हजार दरका ३ हजार ५ सय ७३ थान नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ। 

    गाडीका चालक र सह–चालकलाई सो काटनमा ‘अचार छ’ भनी लुम्बिनी बसपार्कबाट पठाइएको प्रहरीले बताएको छ। त्यसपछि प्रहरी वृत्त थानकोट र नागढुंगाबाट खटिएको प्रहरी टोलीले चालक र सह–चालकलाई समेत लगी थप अनुसन्धान गरेको थियो। 

    अनुसन्धानको क्रममा गोंगबु बसपार्क र चाँगुनारायणबाट अन्य १ हजार ७ सय २ थान एक हजारका नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ। यसरी पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ घर बताउने ४० वर्षीय अर्जुन सुबेली, सिन्धुपाल्चोक कोठे घर बताउने २५ वर्षीय शुशिल कार्की, सिन्धुपाल्चोककै सुनकोशी गाउँपालिका–६ घर बताउने २३ वर्षीय शिव भण्डारी, मिलन भण्डारी र २४ वर्षीय कृष्ण भण्डारी, झापाको कमल गाउँपाकिाल ३ घर बताउने २९ वर्षीय युवराज राई, आछामको मल्लेख गाउँपालिका–२ घर बताउने अर्जुन बुढा, गुल्मीको वाडागाउँ गाउँपालिका–२ घर बताउने सागर आचार्य र नवलपरासप्को सरावल गाउँपालिका–१ घर बताउने पार्वती नेपाली रहेको प्रहरीले जनाएको छ। 

    साथै, प्रहरीले उनीहरूको साथबाट मनिटर, सीपीयु, किबोर्ड र माउससहित १ थान कम्युटर सेट बरामद गरेको छ। 

    साथै, नोट छाप्न प्रयोग हुने पेपर, मसीसहितको मेसीन पनि प्रहरीले बरामद गरेको छ। त्यस्तै, ३ वटा मोटरसाइकल, एउटा स्कुटर, स्मार्ट मोबाइल १० थान र सादा मोबाइल २ थान पनि बरामखद गरेको छ। 


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार