Sep 19 2024 | २०८१, असोज ३ गते

दुई दिनदेखि बन्द भएको जुम्ला - नाग्म सडक खुल्यो

दुई दिनदेखि बन्द भएको जुम्ला - नाग्म सडक खुल्यो

एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन २६ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन २६ २०८०
  • दुई दिनदेखि बन्द भएको जुम्ला - नाग्म सडक खुल्यो

    कर्णाली । कर्णाली राजमार्ग सडकखण्डअन्तर्गत जुम्लाको चन्दननाथ नगरपालिका–९ स्थित उमगाडमा दुई दिनदेखि बन्द भएको जुम्ला–नाग्म सडक आज दिउँसो ३ बजे खुलेको छ । 

    images
    images

    आन्दोलनरत पक्ष र सरोकारवालाबीच सहमति भएपछि राजमार्ग खुलाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिए । बेपत्ता ट्र्याक्टर चालक धन गिरीले न्याय नपाएको भन्दै बिहीबार बिहानदेखि आफन्तले राजमार्ग बन्द गरेका थिए ।

    प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेका अनुसार बेपत्ता व्यक्तिको घटनाको विषयमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने, पीडित परिवारलाई चन्दननाथ नगरपालिकामा रोजगारको लागि पहल गर्ने र सर्वोच्च अदालतमा चार दिनभित्र उच्च सरकारी वकिल कार्यालयले मुद्दा अगाडि बढाउने सम्बन्धमा आफन्तसँग सहमति भएपछि बन्द सडक खुलेको प्रजिअ घिमिरेले जानकारी दिए । आफन्तले जिल्ला अदालत र सुर्खेत जुम्ला उच्च अदालतको फैसलाले न्याय नपाइएको भन्दै सडक बन्द गर्नुपरेको पीडित पक्षले बताए  ।

    कर्णाली प्रदेशका सांसद देवेन्द्रबहादुर शाही, प्रजिअ घिमिरे, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कार्की राजनीतिक दलका प्रतिनिधि, नगरपालिका जनप्रतिनिधि र स्थानीयवासीबीच  सहमति भएपछि राजमार्ग खुलाइएको वडाध्यक्ष टेकबहादुर रावतले बताए । 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार