Nov 21 2024 | २०८१, मंसिर ६ गते

images

अल्मोडाको  ‘चारकुने रुमाल’ 

अल्मोडाको  ‘चारकुने रुमाल’ 

एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २८ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २८ २०८०
  • अल्मोडाको  ‘चारकुने रुमाल’ 

    काठमाडौँ ।  ‘द भ्वाइस अफ नेपाल’ रियालिटी शोबाट चर्चामा आएकी गायिका सुरक्षा सेञ्चुरी र गायक तथा सङ्गीतकार अल्मोडा राना उप्रेतीको स्वर रहेको ‘चारकुने रुमाल’ गीत सार्वजनिक भएको छ ।
     
     प्रदीप पोख्रेलको शब्द रहेको उक्त गीतलाई अस्ट्रेलियामा बसोबास गर्दै आएका सङ्गीतकार टीका दाहालले सङ्गीतवद्ध गरेका हुन् । गीतमा स्वयम् गायक उप्रेतीको सङ्गीत संयोजन छ । रोजगारीका लागि विदेश जानुपर्ने अवस्थालाई दर्शाउँदै ‘मायाको चिनो च्यातिने डर, चारकुने रुमाल चट्टै’, ‘मिठो मिठो माया देख्छु, त्यो मनमा’, ‘दोबाटोमा कुरी बसेँ है, चारकुने रुमाल साटुँ भनी’, ‘म त तिमिलाई कुरी बसेँ है’, ‘ये ल है दोबाटोमा कति कुरी बसेँ’लगायत गीत यसमा समावेश गरिएका छन् । 
     
    श्रव्यदृश्यमा अभिनेत्री प्रकृति श्रेष्ठ, कृतिका श्रेष्ठ र गायक उप्रेतीको अभिनय रहेको छ । बल्लभ उप्रेतीको निर्देशनमा श्रव्यदृश्य तयार पारिएको हो ।  

    images
    images
    images

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट