Sep 17 2024 | २०८१, असोज १ गते

बंगलादेशीलाई नेपालमा बन्धक बनाउने गिरोहका ७ जना पक्राउ

बंगलादेशीलाई नेपालमा बन्धक बनाउने गिरोहका ७ जना पक्राउ

एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २८ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २८ २०८०
  • बंगलादेशीलाई नेपालमा बन्धक बनाउने गिरोहका ७ जना पक्राउ

    काठमाडौं । बंगलादेशी नागरिकहरूलाई वैदेशिक रोजगारको लागि नेपाल हुँदै विभिन्न देश पठाइदिने आश्वासन देखाई काठमाडौंमा बन्धक बनाउने गिरोहका ७ जना पक्राउ परेका छन् ।

    images
    images

    बंगलादेशी नागरिकलाई बन्धक बनाई उनीहरूको परिवारसँग फिरौती रकम माग्ने गिरोहमा संलग्न बंगलादेशी र नेपाली नागरिकहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । कार्यालयले आरोपितहरूलाई पक्राउ गर्नुका साथै बन्धक बनाइएका ६ जना बंगलादेशी नागरिकलाई उद्धार गरिएको वरिष्ठ प्रहरी उपरीक्षक डा. मनोज केसीले बताए ।

    गिरोहले वैदेशिक रोजगारीमा लाने भन्दै बंगलादेशबाट नेपाल ल्याई काठमाडौंका विभिन्न स्थानहरूमा रहेका होटल तथा सेफ हाउसमा बन्धक बनाई राख्ने र परिवारसँग पैसा माग्ने गरेको थियो । पक्राउ पर्नेहरूमा बंगलादेश गाजिपुरका ४७ वर्षीय अमिर हुसेन, बंगलादेश बरिसालका ३७ वर्षीय एमडि मोसिउर, हरिसिद्धि ललितपुर बस्ने बंगलादेशी नागरिक ३८ वर्षीय सलिम मियाँ, सिन्धुपाल्चोक बलेफी-६ की २७ वर्षीया तारा नेपाली, बंगलादेशी नागरिक २१ वर्षीय जहाङ्गीर आलम, काठमाडौं हाडिगाउँ बस्ने बंगलादेशी नागरिक २१ वर्षीय तहमिना बेगम र इलाम चुलाचुली-४ कि ३३ वर्षीया रोशनी राई रहेका छन् ।

    आफूहरूसँग भएको रकम असुल गरेर परिवारसँग फिरौती मागेपछि एक बंगाली नागरिकले उजुरी दर्ता गराएको र गिरोह पक्राउ गर्न सफल भएको केसीले बताए । विदेश पठाउन प्रक्रियाका लागि केही रकम लाग्ने भन्दै सुरूमा बंगलादेशमै ५० हजारदेखि १० लाख टाकासम्म लिएको अनुसन्धानमा खुलेको छ ।

    पत्रकार सम्मेलनमा बंगलादेशी पीडित नागरिकहरूले आफूहरूलाई एजेण्टले पोल्याण्ड लगाएतका देश पठाउनका लागि ५ लाख रूपैयाँ लिएर नेपाल पठाएको र नेपाल आएपछि बन्धक बनाएको गुनासो गरेका छन् । नेपाल आएपछि आफूहरूसँग खर्चका लागि भएको पैसा, मोवाइल पनि लिएको बताए ।

    उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ को दफा २११ र २१२ तथा संगठित अपराध निवारण ऐन २०७० बमोजिमको कसूरमा थप अनुसन्धान तथा कारबाहीको लागि आइतबार प्रहरी परिसर काठमाडौं पठाइएको केसीले जानकारी दिए ।

    पीडितहरूमध्ये कालिमाटीडोलमा रहेको मेमोरियल गेष्ट हाउसबाट एमडि नाजमुल, एमडि इयासिन, इब्राहिम हुसैन र एमडि अल अमिनलाई उद्धार गरिएको छ । त्यस्तै हरिसिद्धीको एक घरमा बन्धक बनाइराखेको अवस्थामा राजोन र राजोन फरहाद हुसैनलाई उद्धार गरिएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार