Sep 19 2024 | २०८१, असोज ३ गते

इन्धनको मूल्य बढेपछि सिरियाका राष्ट्रपतिले सबै कर्मचारीको तलब बढाउन दिए आदेश 

इन्धनको मूल्य बढेपछि सिरियाका राष्ट्रपतिले सबै कर्मचारीको तलब बढाउन दिए आदेश 

एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन ३२ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन ३२ २०८०
  • इन्धनको मूल्य बढेपछि सिरियाका राष्ट्रपतिले सबै कर्मचारीको तलब बढाउन दिए आदेश 

    काठमाडौँ । सिरियामा सरकारले इन्धनको मूल्यमा वृद्धि गरेपछि सिरियाका राष्ट्रपति बसर अल असदले सबै कर्मचारीको तलब बढाउन आदेश दिएका छन्  । मङ्गलबार सिरियाली सरकारले इन्धनको मूल्यमा तीव्र वृद्धि गरेसँगै शतप्रतिशत कर्मचारीहरुको तलब बढाउन आदेश दिएका हुन् ।

    images
    images

    राज्यका कर्मचारी, सेवानिवृत्त कर्मचारी र अन्य सैनिकहरुका लागि सन् २०११ पछि नवौं पटक तलब वृद्धि भएको हो । अहिले देशको आर्थिक अवस्था सङ्कटमा छ । यो निर्णय हुनुअघि निजामती कर्मचारीको मासिक तलब १० देखि १५ अमेरिकी डलरसम्म थियो ।

    सिरियाका आन्तरिक व्यापार र उपभोक्ता संरक्षण मन्त्रालयले सवारीसाधन र बेकरीका लागि डिजेलको मूल्यमा लगभग १८० प्रतिशत र पेट्रोलको मूल्य लगभग १६५ प्रतिशले बढाएको छ । इन्धनको मूल्य वृद्धिका कारण बुधबार धेरै बस चालकहरु काममा नगएपछि सडकमा यात्रुहरु अलपत्र परेका थिए । इन्धनको मूल्यवृद्धिका कारण खाद्य चक्रमा पनि असर पुगेको छ । खाद्य सामग्रीको मूल्य ३० देखि सय प्रतिशतसम्मले बढेको छ । - एजेन्सी

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार