Nov 24 2024 | २०८१, मंसिर ९ गते

images

पूँजी बजारमा गम्भिर खालकाे संकट देखिएको भन्दै सेयरबजारका लगानीकर्ता आन्दाेलित

पूँजी बजारमा गम्भिर खालकाे संकट देखिएको भन्दै सेयरबजारका लगानीकर्ता आन्दाेलित

एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन ३२ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन ३२ २०८०
  • पूँजी बजारमा गम्भिर खालकाे संकट  देखिएको भन्दै  सेयरबजारका लगानीकर्ता आन्दाेलित

    काठमाडौं । पूँजी बजारमा गम्भिर खालकाे संकट  देखिएको भन्दै  सेयरबजारका लगानीकर्ता आन्दाेलित भएका छन् । पूँजी बजारमा अहिले देखिएको संकट समाधान गर्नुपर्ने भन्दै लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डको ध्यानाकर्षण गराए ।

    images
    images
    images

    लगानीकर्ता तिलक कोइरालाको नेतृत्वमा सेबोन पुगेको टोलीले सेयरबजारमा गम्भीर प्रकारका संकट आउँदा पनि सेवोन, नेप्से र अर्थमन्त्रालयले गर्नुपर्ने कुनै काम नगरेको भन्दै बोर्डको ध्यानाकर्षण गराएका हुन् ।

    सेयर बजारमा आपूर्तिको मात्र ओइरो लागेर माग पक्ष अति कमजोर हुँदै गएकाले ५६ लाख लगानीकर्ताहरुको लगानी अति जोखिममा परेकाले ध्यानाकर्षण गराइएको कोइरालाले बताए ।

    राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाएको सीमा तत्काल हटाउन, बैंक तथा बित्तीय संस्थाहरुलाई अल्पकालीन लगानीमा लगाएको बन्देज खारेज गरी संस्थागत लगानीकर्ताहरुको हस्तक्षेप गराउन पनि ध्यानाकर्षण गराइएको उनले जानकारी दिए ।

    अंकित मूल्यमा आउने आईपीओमा ५० प्रतिशत आम सर्वसाधारणलाई, १० प्रतिशत विदेशमा बस्ने नेपालीलाई र ४० प्रतिशत कानूनी ब्यक्ति अर्थात कम्पनीको रुपमा दर्ता भएका लगानीकर्तालाई वितरण हुने गरी संस्थागत लगानीकर्ताको सहभागिता अनिवार्य गर्न गराउन पनि उनीहरुले ध्यानाकर्षण गराएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार