Nov 27 2024 | २०८१, मंसिर १२ गते

images

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च

एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ १ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ १ २०८०
  • अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च

    काठमाडौं। अमेरिकी डलर अहिलेसम्मकै महँगो भएको छ। नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको रिफ्रेन्स रेट १३३ रुपैयाँ ३४ पैसा तय गरेको छ। यसअघि डलर २०७९ कात्तिक ३ गते ऐतिहासिक उचाइमा पुगेको थियो।

    images
    images
    images

    त्यस दिन एक डलरको भाउ १३३ रुपैयाँ १४ पैसा पुगेको थियो। भारतीय मुद्रा कमजोर हुँदा डलर महँगिएर नेपाली रुपैयाँ सबैभन्दा सस्तो स्तरमा झरेको हो। नेपाली रुपैयाँ र भारतीय मुद्राबीच स्थिर विनिमय दर छ। नेपाली १६० रुपैयाँ बराबर भारु १०० रुपैयाँ छ। यही कारण भारतीय मुद्रा कमजोर हुँदा नेपाली रुपैयाँ पनि सस्तिन्छ। एक डलर बराबर ८३.०३ भारु तय भएको छ। भारतमा सेयर बजारप्रतिको ‘नकारात्मक मनोविज्ञान’ को असर डलरको भाउमा परेको हो। यसअघि कच्चा पेट्रोलियम पदार्थको मूल्यका कारण डलर प्रभावित हुने गरेको थियो। पछिल्लो समय भारतमा आयात फराकिलो हुँदै गएको छ। मूल्यवृद्धि दर बढ्ने प्रक्षेपण रिजर्भ बैंक अफ इण्डिया (आरबीआइ) ले गरेको छ। उपभोगका लागि आयात बढ्दा विदेशी मुद्राको भण्डारणमा कमी आउँछ।

    यसले गर्दा डलरको माग बढेर भारु कमजोर भएको विश्लेषण सञ्चारमाध्यमहरुले गरेका छन्। यसैसन्दर्भमा कतिपय विदेशी लगानीकर्ताले आफ्नो पैसा झिकेर फिर्ता लैजान थालेको पनि समाचार सार्वजनिक भइरहेका छन्। डलरको मूल्य वढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स आयमा वृद्धि हुन्छ। नेपाल राष्ट्र बैंकको जेठसम्मको तथ्यांकअनुसार नेपालमा ११ खर्ब १२ अर्ब ५२ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ। डलरको वृद्धिले निर्यात व्यापारलाई राहत मिल्ने छ। तर वस्तुको निर्यात सीमित भएकाले नेपालले विनिमय दरबाट हुने लाभ भने उठाउन गाह्रो छ। वस्तु तथा सेवा बिक्रीबाट हुने आम्दानीका साथै पर्यटन क्षेत्रको आयमा समेत सुधार हुने छ। हस्तकला लगायत नेपाली समानका निकासीकर्ताको आम्दानी बढ्छ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट