Dec 09 2024 | २०८१, मंसिर २४ गते

images

जस्मिन पेन्ट्सद्वारा पुर्व कप्तान पारस खड्का लाई आफ्नो सद्भावना दुतको रुपमा नियुक्त

जस्मिन पेन्ट्सद्वारा पुर्व कप्तान पारस खड्का लाई आफ्नो सद्भावना दुतको रुपमा नियुक्त

एभरेष्ट हेडलाइन्स
बुधबार, मंसिर १२ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, मंसिर १२ २०८१
  • जस्मिन पेन्ट्सद्वारा पुर्व कप्तान पारस खड्का लाई आफ्नो सद्भावना दुतको रुपमा नियुक्त

    काठमाडौँ ।  जस्मिन पेन्ट्सले स्वदेशी उत्पादनहरुलाई थप ससक्त र बजारीकरण गर्नका लागि ब्यापार प्रवर्द्धन महत्वपूर्ण रहेको वर्तमान अबस्थामा यस कम्पनीले आफ्नो उत्पादनहरुलाई प्रवर्द्धन गर्ने उदेश्यका साथ नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान पारस खड्का लाई आफ्नो सद्भावना दुत (Brand Ambassador) को रुपमा नियुक्त गरेको छ ।  

    images
    images
    images

    कम्पनीले आफ्नो बजार प्रवर्द्धनका लागि यस अघि नेपालका चर्चित कलाकारहरु लाई समेत सद्भावना दुत नियुक्ति गरिसकेको अवस्थामा पछिल्लो समय नेपाली खेल क्षेत्रको बिकास र युवाहरुको चाहना र भावना लाई मध्यनजर गर्दै नेपाली क्रिकेटले आफ्नो उत्कृष्ट प्रभुत्व जमाउन सकिरहेको अबस्थामा खेल र खेलाडीहरुलाई पनि थप प्रोत्साहन गर्ने उदेश्यका साथ उनी संग सहकार्यकालागि हातहरु अगाडी बढाएको हो ।

    उनी संग गरिएको यस सहकार्यले नेपाली खेलकुदका साथरसाथै हाम्रा उत्पादनहरुलाई प्रवर्द्धन गर्न र बजारीकरण बिस्तारका निमित्त थप टेवा पुग्ने कम्पनीले बताएको छ ।

    बिगत ३१ बर्ष देखि निरन्तर नेपाली ग्राहकहरुको सेवामा समर्पित यस जस्मिन पेन्ट्स “नेपाली मनको नेपाली रङ्ग’’ स्लोगन बोकेर नेपाल रंगाउदै आएको छ । यस कम्पनि नेपाली पेन्ट्स कम्पनीहरु मध्ये कै नम्बर १ पेन्ट्सको रुपमा आफुलाई स्थापित गर्नसफल भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरु बाट पुरस्कृत भैसकेको कम्पनीले अझ जिम्मेवार वहन गरि २१ औँ शताब्दीको चुनौतीलाई  सामना गर्न सक्ने नवीनतम सोच र प्रविधिका साथ उत्कृष्ठ र गुणस्तरीय उत्पादनहरु नेपाली बजारमा पुर्याईरहेको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट